15th August | 2020 | Saturday | 8:12:46 PM

तीन घुम्तीमा कांग्रेस

राजन कार्की   POSTED ON : श्रावण १७, २०७५ (११:५४ AM)

तीन घुम्तीमा कांग्रेस

नेपाली कांग्रेस अब कुन बाटो हिँड्ला ? कांग्रेस माइतीघरमा सीमित भयो भनेर प्रधानमन्त्री तथा नेकपाका अध्यक्षले होच्याएपछि देशव्यापी विरोध प्रदर्शन गरेर अधिनायकवादमाथि खबरदारी गरेको कांग्रेस वास्तवमा कम्युनिष्टस“ग कसरी मुकाबिला गर्ने भनेर ठम्याउन नसकेको रनभुल्ल स्थितिमा छ । हिजो गंगामाया र डा. गोविन्द केसीको अनशनको समर्थन गरेको कांग्रेस अहिले सर्वोच्च अदालतलाई कम्युनिष्टकरण गरेकोमा र अधिनायकत्व चलाउन थालेकोमा मुद्दा बनाउ“दैछ । तैपनि कांग्रेसले पहाडी भूकम्पपीडित, मधेसका बाढीपीडित, बढ्दो कुशासन, बलात्कार र जनतामाथि थोपरिएका करका अतिभार टपक्कै टिपेर रा“को बाल्न सकेको देखिँदैन ।

पाँच वर्षका लागि नेकपाको शासन बन्यो । सत्ताबाट खगार्ने राजनीतिक बल कांग्रेसस“ग छैन । बल जनताले दिने हो, जनताको असन्तुष्टि बढ्दो छ, त्यो असन्तुष्टि क्यास गरेर संगठन मजबुत पार्न कांग्रेस एकढिक्का हुनसकेको देखिँदैन ।

मधेसका दलपतिहरूस“ग मधेस दिक्क छ, त्यो भूमिमा कांग्रेस सजिलै फस्टाउन सक्छ । नेकपाभित्र असन्तुष्ट धेरै छन्, तिनलाई समेट्न सक्छ । हिन्दुवादी र राजसंस्थावादी यसपटकको चुनावमा यसरी रिसाए कि सबैले एमालेलाई भोट खन्याइदिए । यो त एमाले र माओवादीको चलाखी हो कि चुनाव जितेपछि उनीहरू नेकपा बने । नेकपाको शासन ५० वर्ष चलाउने सपना देखे । मिलेपछि इन्द्रको बाउ चन्द्र आए पनि हल्लाउन, लडाउन सक्दैन भन्ने अभेद्य किल्ला तयार पारे । उता मधेसी नेताहरूको चालै उही छ, चुनाव जित्ने मधेसलाई बेवास्ता गर्ने, सत्ताको राजनीति थालिहाल्ने ।

यसरी हेर्दा मधेस, हिन्दुवाद र राजसंस्थावादलाई नेपाली कांग्रेसले विश्वासमा लिनसक्यो भने नेकपाको दम्भयुक्त सिंहनाद स्यालहुइँयाँमा सिमित हु“दै आगामी चुनावमा अहिलेको परिदृश्य फेरिन सक्छ । कांग्रेस तीन घुम्तीमा उभिएको छ, तीन घुम्ती चिन्नसके र सोहीअनुसार नीति निर्माण गर्नसके सत्ता र सिंहदरबार पुग्ने मार्ग यही हुनेछ ।

किनभने, नेकपाको किल्ला तोड्नु कांग्रेसका लागि फलाम चपाउनुजस्तै हो । यो फलाम चपाउन कांग्रेसको बुताको कुरा छैन अहिले । कांग्रेस खुलेआम हिन्दुवाद र राजसंस्थावादमा उत्रेन भने, पहाड र मधेसमैत्री बनेन भने, केपी ओलीले भनेझैं कांग्रेस कही“ पनि देखिने छैन । यसकारण अग्नि परीक्षा सुरु भएको छ कांग्रेसको । चुनाव हारेको कांग्रेसलार्ई कसरी उठाउने भन्ने चिन्तन उसले सुरु गरेको छैन । कांग्रेसले जति अबेर गर्छ, त्यो नेकपाका लागि बोनस सरह हुनेछ ।

आम निर्वाचनपछि कांग्रेसलाई सन्निपात लागेको हो । मतदातले सिस्नोपानी हानेपछि सोत्राम्म भएको कांग्रेस हारको कारण खोज्न जुट्नुपर्ने हो । नेपालको प्रजातान्त्रिक अध्यायका लागि सात दशकदेखि बिडा उठाएको कांग्रेसलाई कम्युनिष्टले यसरी पछारिदिए कि यो हारको दलदलबाट जितको शिखरमा पुग्न ठूलै परिश्रम गर्नुपर्ने पक्का छ ।

नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले प्रतिपक्षविहीन संसद चलाउन सबै संवैधानिक निकायमा आफ्नो पकड बढाउ“दै गएका छन् भने कांग्रेस माइतीघरमा सीमित भएछ भनेर पटक पटक हा“सोमा उडाएका छन् । तैपनि कांग्रेसको चेत फिरेको छैन । कांग्रेसका सामु माथि भनिएअनुसारका तीन मार्गमात्र बा“की छन् । पहिलो हिन्दुराष्ट्र, दोस्रो राजसंस्थावाद र तेस्रो पहाड तराईमैत्री । यदि नेपाली कांग्रेसले यी तीन मार्गलाई आफ्नो सिद्धान्त, घोषणापत्र, नीतिमा समावेश गरेन भने सा“च्चै कांग्रेस माइतीघर मण्डलाबाट समेत हराउने छ ।

बालकृष्ण ढुंगेललाई नाटकीय थुनामा राखेर राष्ट्रपतिबाट माफी दिलाइयो, कांग्रेस हेरेको हे¥यै भयो । संस्कृत विश्वविद्यालयका उपकुलपतिको मान मर्दन गर्दा पनि कांग्रेसले केही गर्न सकेन । ट्रमा सेन्टरका डाक्टरलाई अपहरण गरेर गृह पु¥याइयो, सद्दे व्यक्तिलाई बिरामी भनेर लेख्न लगाइयो । यो अनैतिक कर्मको विरोध गर्नसमेत कांग्रेस चुक्यो । गृहमन्त्री रामबहादुर थापा र सांसद नविना लामाले सत्याग्रही डा. गोविन्द केसीलाई तानाशाह, अधिनायकवादी भने । केहीले तिनी हत्यारा भएकाले देश निकाला गर्नुपर्छ पनि भने । यो सबै सुनेर बसेको छ नेपाली कांग्रेस । कांग्रेसको आन्दोलन सहायकजस्तो बन्यो, निर्णायक हुनसकेन, नागरिक समेतले प्रतिपक्षलाई लतारिदिए ।

यति मात्र होइन, नेपाल टिभीको कार्यक्रम नै बन्द गराइयो, कडा अन्तर्वार्ता लियो भनेर । कांग्रेसको प्रजातन्त्र त्यतिबेला कहा“ गयो ? गृहमन्त्रीले ठेक्का लिएर काम नगर्ने ठेकेदारलाई थुन्छु भनेर कारवाही सुरु गरे । प्रचण्ड र ओलीको आदेशमा त्यो कारवाही रोकियो । तिनै गृहमन्त्रीले ७७ जिल्लामै एनजीओ र आइएनजीओ तथा त्यसका सञ्चालकहरूको सम्पत्ति छानबिन गर्ने पत्र काटे । शीतल निवासबाट आदेश आउनासाथ गृहमन्त्रीपछि हट्नुप¥यो । कांग्रेस यो सब हेरेर बस्यो, यसलाई मुद्दा बनाउन सकेन ।

र, सरकारले विरोध प्रदर्शन गर्न निषेधाज्ञा जारी गर्दै ठाउ“समेत तोकिदियो । प्रजातन्त्रको बिडा उठाएको कांग्रेस आफैँभित्र रलमलिइहृयो । तरुण दल र नेवि संघले केही मुद्दा उछालेर विरोध प्रदर्शन गर्न के लागेको थियो, ओली सरकारले टियर ग्यास, लाठी र गोली नै चलायो । कांग्रेस छटपटियो र आ“खा चिम्लेर सुस्तायो । देशव्यापी आन्दोलन गर्न सकेन । बढ्दो महिला हिंसा, महँगी, असुरक्षासमेत कांग्रेसले मुद्दा बनाएर उचाल्न सकेन ।

यसरी सत्ता पेल्दै जाने र प्रमुख प्रतिपक्षी गल्दै जा“दा सत्ताधारीहरू झन् झन् निरंकूश हु“दै गएका छन् । प्रतिपक्षी नेपाली कांग्रेसले आफ्नो धर्म निर्वाह गर्न सकेन । प्रतिपक्षीविहीन संसद अर्थात नेकपा नेपाली कांग्रेसलाई सहयोगी भनिरहेको छ । सहयोगी कांग्रेसले जनताको कुरा, देशका कुरा कसरी उठाउन सक्छ र ?

देशका ७६१ सरकारमध्ये २ नम्बर प्रदेशबाहेक ७६० सरकारमा नेकपाको बाहुल्य रहेको छ । ती सबै निकायहरूले बच्चा जन्मोस् कि कोही मरोस्, घरजग्गादेखि सम्पत्ति करमा हजार प्रतिशतसम्म वृद्धि गरेको छ । कर बढाएर नेकपाका नेता कार्यकर्ता पाल्नुपर्ने । संघीयता चलाउन गरीब जनतामाथि करको भार थप्ने । यति ठूलो मुद्दासमेत नेपाली कांग्रेसले उठाउन सकेको छैन । बरु वीरगञ्जका व्यापारीले आन्दोलन सुरु गरे, यो आन्दोलन दिनदिनै जनस्तरबाट चर्कदै जाने देखिन्छ । कांग्रेस कुम्भकर्णे निद्रामा छ ।

प्रतिपक्षी सुत्यो भने निरंकूशता बढ्छ । प्रतिपक्षी भनेको छायाँ सरकार हो । छाया“ सरकारले सत्तालाई संविधान र प्रजातान्त्रिक मार्गको दाया“बाया“ नजावस् भनेर खबरदारी गर्नुपर्ने हो । नेपाली कांग्रेस कस्तो प्रतिपक्ष हो, जो चुनाव हारेपछि कम्युनिष्टका सामु त्वम् शरणम् गरेजस्तो पो देखिन थाल्यो ।

प्रजातन्त्र कांग्रेसको मूल सिद्धान्त हो । यो सिद्धान्त यतिबेला हारेको मनस्थितिमा छ । चुनावमा हार–जित हुन्छ । प्रजातन्त्र कहिल्यै हार्दैन भनेर कांग्रेसले आफ्नो हारलाई जित बदल्ने र शक्ति आर्जन गर्नेतिर सोच्नुपर्ने हो । आप्mनै पार्टीभित्रको गुटबाजी, बिलखबन्दको अन्यौलमा यसरी बस्नु भनेको कम्युनिष्टलाई कम्युन्यालिस्ट बढाउने अवसर दिनु हो । कांग्रेसले कहिले बुझ्ने ?

बिपीले राष्ट्रियता, प्रजातन्त्र र राजसंस्थाको त्रिखुट्टीमा यो प्रजातन्त्रको भविष्य देखेका थिए । बिपीका अनुयायी हुन् शेरबहादुर देउवा । उनले यो त्रिखुट्टीबाट चिप्लिएको कांग्रेसलाई पुनः त्यही बिन्दुमा पु¥याउन, उभ्याउन कांग्रेसको सिद्धान्त, नीति र रणनीतिलाई हिन्दुराष्ट्र र राजसंस्था र मधेशको सहयोग लिन जरुरी छ । कम्युनिष्टले देशलाई ध्वस्तनष्ट र पहिचान नै गुम्ने स्थितिमा पु¥याउने खतरा बढेकाले कांग्रेस अब जुरमुराएर उठ्नु र आफ्ना कमजोरी सुधारेर संगठन बलियो पार्नतिर लाग्नैपर्छ ।

विश्वमा समाजवादको महिमा बढेको छ ।  नेपालमा कांग्रेसका नेताहरूको गल्तीका कारणले जनवादीहरू पो सत्तामा पुगे । समाजवादले चुनाव हा¥यो । यथार्थमा समाजवाद हारेको होइन, कांग्रेसभित्रको भ्रष्ट चरित्र र गुटबाजी हारेको हो । समाजवादलाई उठाउने हो भने कांग्रेसभित्रको एकता र हिन्दु, राजसंस्थावाद र मधेसको निकटता नै यतिबेला कांग्रेसका लागि सञ्जिवनी हुनसक्छ ।

लाज मान्नु पर्दैन । देशका लागि, देशवासीका लागि, प्रजातन्त्रका लागि लड्ने हो कांग्रेसले । यदि देश र देशवासीका लागि चिन्ता छ भने हिन्दु र राजसंस्थाका अनुयायीहरू धेरै छन्, यी शक्ति राजनीतिक शक्ति पनि हुन् । किन यो शक्तिका साथ कार्यगत एकता नगर्ने ? कांग्रेस यसमा चुक्यो भने अर्को ऐतिहासिक भूल हुनेछ । पाँच वर्षपछिको चुनावमा पनि कांग्रेसको अहिलेकै हाल हुन जानेछ । यसकारण कांग्रेसले अबेर नगरी मधेस र परम्परागत शक्तिस“ग एकताको प्रयास थालिहाल्नुपर्छ ।

कांग्रेसले लाज मान्नु पर्दैन, नेकपाले प्रतिगामी भन्ला भन्ने डर मान्नु पर्दैन ।  हिन्दु नेपालको धार्मिक मान्यतामा अडिग नेपालीत्व हो । मधेस नेपाल हो, राजसंस्था पनि नेपाली नै हो । यहाँ हिन्दु सम्प्रदाय ९३ प्रतिशत छन् । यही ९३ प्रतिशतभित्र तीनैतŒव अन्तर्निहित छ । एउटा नेपाली राजनीतिक दलले नेपाली समुदायलाई संगठित पारेर देशसेवाका लागि राजनीति गर्नुको विकल्प छैन । योभन्दा पवित्र रणनीति नेपाली कांग्रेसका लागि अरू हुन सक्दैन । तीन घुम्तीमा उभिएर नेपाली कांग्रेसले लोकतान्त्रिक नेपाल हेरोस् ।

Views: 125

सम्बन्धित सामग्री:

कथा– श्वेत न्याय

राजेश अधिकारी : श्रावण २७, २०७७ (३:१५ PM)