26th October | 2020 | Monday | 10:40:13 PM

गजल...

राजेन्द्र ढुंगेल   POSTED ON : माघ २२, २०७५ (६:२८ PM)

गजल...


देखाइ गएथ्यौ सितारा मलाई,

भयो बुझ्न गाह्रो ईशारा मलाई ।।


बढेको छ धड्कन् यहाँ त्रासादिले,

लगायौ तिमीले नजारा मलाई ।।


बगे चाह जस्तै बनेरै सुसाएँ,

छ मिल्न सकेन किनारा मलाई ।।


जलौ या त रहौं म कतै पग्लिएर,

यहाँ भन्छ कस्ले बिचारा मलाई ।।


कहाँ हुन्छ माया यो बढ्ने कहाँ हो,

न सुनाऊ पीडा ती सारा मलाई ।।


सधैं शुस्कतामा म ज्युँने म मर्ने,

भो त्यसैले नदेउ यो रारा मलाई ।।





Views: 449

सम्बन्धित सामग्री:

गजल

संजिता बाँस्कोटा : आश्विन ८, २०७७ (७:०३ PM)