7th August | 2020 | Friday | 8:38:05 PM

पर्यटकीय ललितपुर

रमा लुइँटेल   POSTED ON : पुष १०, २०७६ (१०:१९ AM)

पर्यटकीय ललितपुर

विश्वचर्चित फोब्र्स पत्रिकाकी ट्राभल ब्लगर क्याटरिन पार्कर म्यागरले आफ्नो लेखमा नेपाल पहिलो भ्रमण गन्तव्य भएको कुरा लेखिन् । उनले लेखमा उनले नेपाल धर्तीकै उत्कृष्ट साहसिक ठाउँ भएको समेत उल्लेख गरेकी छिन् । उनको लेखमा सन् २०२० मा विश्वभरका घुम्नलायक १० ठाउँमध्ये नेपाल पहिलो भएको चर्चा गरिएको छ ।

जोसेफ आइन वालकरलाई नेपाल कहिल्यै असुरक्षित लागेन । पचासपटक नेपाल भ्रमण गरेका ७२ वर्षे उनलाई नेपाल युरोपजत्तिकै सुरक्षित लाग्छ । कहिलेकाहीँ नेपाली साथीहरू उनलाई भन्छन्, ‘एक्लै लखर लखर नहिँड्नू ।’ उनीहरूको सुझावसँग जोसेफलाई पर्वाह छैन । उनले आजसम्म असुरक्षाको सामना गर्नुपरेको छैन । बरु सहयोगी हातहरू भेटेका छन् । 

पत्रकार खिम घलेसँग गफिएका उनले भनेका छन्, ‘पहिलो पटक म नेपालआउँदा ४०-४१ वर्षको ठिटो थिएँ ।’ 

जापानका प्रसिद्ध हिमाल आरोही हिरोताकाता केउचीलाई नेपाल पृथ्वीको स्वर्गजस्तो लाग्छ । हिमाल चढ्दाको अनुभव एक कार्यक्रममा त्यस्तो अनुभव सुनाए । 

यो भयो केही प्रतिनिधि पर्यटकहरूको नेपालप्रतिको दृष्टिकोण । 

नेपालप्रति पर्यटक आकर्षित हुनुको मुख्य कारण यहाँको प्राकृतिक सम्पदा, मठमन्दिर, पुराना दरबार र ऐतिहासिक स्थल भएको पर्यटनविद दिलेन्द्रराज श्रेष्ठ बताउँछन् । 

मुख्यगरी पर्यटक दुई कारणले नेपाल आउँछन् । पहिलो साहसिकता, दोस्रो धार्मिकता लागि । साहसिकताका लागि आउने पर्यटकहरूले हाइकिङ, टे«किङ र हिमाल आरोहणलाई प्राथमिकतामा राख्छन् । धार्मिक पर्यटनको मुख्य उद्देश्य मठमन्दिर, देवालय, शिवालय आदि पुग्नु हो । उनीहरू लुम्बिनी, पशुपतिनाथ, मुक्तिनाथ लगायत कैलाशसम्म पुग्छन् । केही प्राचीन सम्पदा हेर्न रुचाउँछन्, पुराना शैलीका घर हेरेर मख्ख पर्छन् । 

सम्पदा र कलासंस्कृतिमा रुचि राख्नेहरू पाटन अर्थात ललितपुर पुग्छन् नै । पर्यटक तान्ने ललितपुरको आकर्षण यहाँका मन्दिर र बौद्ध बिहारहरू हुन् । काठमाडौं उपत्यकको पुरानो ललितपुर सहरका बासिन्दाको मौलिक जीवनशैलीले पनि पर्यटक आकर्षित गर्न मद्दत पु¥याएको बताउँछन् पर्यटनविद श्रेष्ठ ।

पर्यटक आकर्षित गर्न र एकपटक आएकालाई आइराख्ने बनाउन पर्यटन प्रबद्र्धनका तŒवहरू थप्नुपर्ने पर्यटनविद् श्रेष्ठको भनाइ छ । पर्यटकीय सिजनमा महोत्सवहरू आयोजना गर्नुपर्ने उनको सुझाव छ । विदेशमा राजदूतावाससँगै पर्यटन सद्भावनादूत नियुक्त गर्न पनि उनको सुझाव छ । 

ललितपुर पर्यटकीय भए पनि पर्यटक आगमन सन्तोषजनक छैन । सन् २०१८ मा नेपालमा ११ लाख ७३ हजार पर्यटक आएकोमा सार्क र अन्य मुलुकबाट गरेर करिब १ लाख ५६ हजारमात्र ललितपुर पुगेको तथ्यांक छ । नेपाल आउने पर्यटकको औसत बसाइ करि १२ दिन छ तर औसतमा त्यसको दसांश पनि पर्यटकले पाटनमा बिताउँदैनन् । यसका मुख्य कारण दुईवटा देख्छन् ललितपुर महानगरपालिकाका पर्यटन सल्लाहकार रहेका श्रेष्ठ । उनका अनुसार टुर अपरेटरहरूले ललितपुरको लागि आधा दिनमात्रै छुट्याएका छन् । उनका अनुसार यो अत्यन्तै कम समय हो । कम्तीमा पनि ललितपुर घुम्न दुई दिन छुट्याउनुपर्छ । पर्यटकबाट उठ्ने शुल्कको २५ प्रतिशतमात्रै प्रचारप्रसारमा खर्च गर्ने हो भने बहुआयामिक प्रभाव पर्नेछ । उनका अनुसार पर्यटन तथा सम्पदा विकास कोष स्थापना गरेर त्यसबाट काम गर्नुपर्छ । 

हालसम्मका कमीकमजोरी सच्याउने बताउँछन् ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जन । नेपाल भ्रमण वर्ष २०२० मा जतिसक्दो धेरै पर्यटक भिœयाउन ललितपुर महानगरपालिकाले योजनाबद्ध ढंगले काम गरेको उनको भनाइ छ । महानगरले हालै आयोजना गरेको एसिया प्रशान्त क्षेत्रका सहर र सरोकारवालाहरूको सञ्जाल सिटीनेटको बैठकले पर्यटकलाई नेपाल आउन निम्ता दिएको उनले बताए । 

नेपाल भ्रमण वर्ष २०२० मा ललितपुर महानगरपालिकाले काठमाडौं आउने अधिकांश पर्यटकलाई ललितपुर पु¥याउने र बढी समय बिताउन सघाउने कार्यक्रम ल्याउने तयारी गरेको छ । नगरप्रमुख महर्जन भन्छन्, ‘यो वर्ष प्रचारप्रसारको वर्ष होस्, ललितपुर आएका पर्यटकले आफ््नो देशमा यहाँको बयान गरून्, जसले गर्दा आगामी वर्षहरूमा पर्यटकको संख्या बढोस् ।’

ललितपुरमै रात बिताउन साँझको टुरिजमलाई प्राथमिकतामा राखेको छ महानगरले । यसका लागि दरबार क्षेत्रमा उज्याला बत्तीहरू बालिने छन् । सुरक्षा प्रबन्ध मिलाइनेछ । महानगरले टुरिस्ट गाइडलाई तालिमको व्यवस्था समेत गर्नेछ । 

ललितपुर महानगरपालिकाले डेढ महिनाअघि आयोजना गरेको ‘दिगो पर्यटन तथा सम्पदा’ विषयक अन्तर्राष्ट्रिय गोष्ठीमा पर्यटनविद कर्ण शाक्यले ‘पर्यटन भनेको गेस्ट र होस्टबीचको सम्बन्ध हो’ भनेका थिए । यसमा महानगरप्रमुख महर्जन पनि सहमत छन् । नेपालीको मिजासिलो स्वभाव र शैली, सहयोगी हात र मन पर्यटक लोभ्याउने अर्को कारण हो ।

हिमाल आरोही जापानी नागरिक हिरोताकाता केउची जापनामा नेपालको कला, सम्पदा र संस्कृतिको प्रचारप्रसारमा जोड दिन सुझाव दिन्छन् । भन्छन्, ‘नेपाल संस्कृतिक र प्राकृतिक सम्पदालगायतले धनी छ, त्यो कुरा पनि थाहादिनुभयो भने जापानीलाई आकर्षित गर्न सजिलो हुन्छ ।’ जापानीहरू नेपाललाई हिमालको देश भनेर चिन्छन् ।

नेपालको सुन्दरता विश्वसामु चिनाउन सके त्यसैबाट नेपालको समृद्धि हुनेछ । नेपालले पनि सन् २०२० मा हिमालको मात्रै नभई अन्य प्राकृतिक र सांस्कृतिक सम्पदाको प्रचारप्रसार गर्नुपर्ने उनको सुझाव छ । 

महानगर प्रमुख चिरीबाबु महर्जनका अनुसार ललितपुर महानगरपालिकाले नेपाल भ्रमण वर्ष २०२० सफल पार्न महानगरपालिका पर्यटन सल्लाहकार दिलेन्द्रराज श्रेष्ठको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरेको छ । समितिले बनाएका कार्यक्रमहरूमार्फत ललितपुरको प्रचारप्रसार हुन्छ । ललितपुरलाई पर्यटकको मन र मस्तिष्कमा राख्न र आइरहन सहयोग पुगोस् भन्ने महानगरको उद्देश्य छ । 

महर्जनका अनुसार ललितपुर महानगरपालिकाले तय गरेको सम्पदा मार्गमा साँझको समयमा पर्यटकलाई भ्रमण गराउने कार्यक्रम छ । यसो गर्दा ललितपुर आउने पर्यटकहरूको यहाँको बसाइ लम्बिन्छ भन्ने विश्वास छ । भण्डारखाल बगैँचामा साउण्ड र लाइटको व्यवस्था हुनेछ । पुराताŒिवक रूपमा चिनिएका बगैँचामा पर्यटकहरू रमाउन सक्छन्, त्यो उनीहरूको लागि अविष्मरणीय क्षण हुन सक्छ । पाटन दरबार पर्यटकीय आकर्षणको क्षेत्र हो । पाटन दरबारलाई पनि झलमल्ल बनाउने योजना छ । रातको समयमा पनि मन्दिर र पाटन दरबार क्षेत्रलाई मनमोहक बनाउने तयारी छ । 

महानगरपालिका घोषणा हुँदा थपिएका खोकना, बुङमती र हरिसिद्धिलाई केन्द्रित गरेर कार्यक्रम तय गरिएको छ । त्यहाँका सम्पदा मार्गमा पर्यटक घुमाउने, त्यहाँका ऐतिहासिक बस्तीहरूको बारेमा जानकारी गराउने लगायतका कार्यक्रम छन् । पर्यटकसँग असल व्यवहार र बोलीचालीका लागि गाइडलाई तालिम दिएर लाइसेन्स दिने योजना छ । 



Views: 502

सम्बन्धित सामग्री:

स्कुटरमा घाँसको भारी

: श्रावण ११, २०७७ (६:५७ PM)