7th August | 2020 | Friday | 9:22:17 PM

पर्यटकको सुविधामा ध्यान

पार्वती थापामगर   POSTED ON : पुष १०, २०७६ (११:०६ AM)

पर्यटकको सुविधामा ध्यान

काठमाडौं । देशको केन्द्रीय राजधानी रहेको काठमाडांै महानगरपालिका जोडतोडका भ्रमण वर्ष २०२० को तयारी गर्दैछ । सडकका खाल्डाखुल्डी पुर्नेदेखि बाटोको सरसफाइ र मर्मतसम्भार महानगरपालिले ध्यान दिएको छ । 

काठमाडौं महानगर ‘नेपाल भ्रमण वर्ष २०२० को पूर्वतयारी’ योजनाअन्तर्गत काम गर्दै आएको छ । महानगरले भ्रमण वर्ष सुरु हुने दिन जनवरी १ देखि सप्ताहव्यापी कार्यक्रमको तयारी गरेको प्रवक्ता ईश्वरमान डंगोलको भनाइ छ । अनका अनुसा रस्वयम्भूमा सप्ताहव्यापी स्वयम्भू सांस्कृतिक कार्यक्रम हुनेछ भ्रमण वर्षको सुरुमा आउने पर्यटकले आफ्नो देश फर्किंदा सकारात्मक सन्देश लैजाऊन् भन्ने उद्देश्यले सांस्कृतिक कार्यक्रम गर्न लागिएको हो ।

पर्यटकीयस्थलमा अस्थायी सार्वजनिक शौचालय राख्ने, पार्कहरू व्यवस्थित गर्ने, २४संै घण्टा इन्टरनेट सेवा चालु राख्ने कुरामा पनि महानगरले ध्यान दिएको छ । नेपाल भ्रमण वर्ष २०२० को आधिकारिक वेबसाइट तथा सामाजिक सञ्जाल फेसबुक, ट्वीटर, इन्स्टाग्राम सञ्चालनमा ल्याएको छ । पर्यटकलाई सूचनामा समस्या नहोस् भनेर फ्री वाइफाइ व्यवस्था गर्ने महानगरको तयारी छ । 

वेबसाइटबाट भ्रमण वर्षको सम्पूर्ण गतिविधि एकैसाथ संसारभर हेर्न तथा सूचना लिन पाउने भएकाले पनि महानगरले इन्टरनेट माध्यमलाई महŒव दिएको छ । नेपाल भ्रमण वर्षको हरेक पलपलको खबर तथा सूचना जानकारी दिने उद्देश्यले वेबसाइट सञ्चालन गरेको प्रवक्ता डंगोले बताउँछन् । विशेष पारेर पर्यटकका लागि ट्याक्सी सुविधा र पर्यटक बोक्ने छुट्टै बसको व्यवस्थापनमा पनि महानगरले ध्यान दिएको छ । 

नेपाल भ्रमण वर्षको समग्र तयारीमा कमी हुन नदिने र पर्यटकलाई चाहिने सेवासुविधा सहज ढंगले उपलब्ध गराउन महानगरले ध्यान दिएको छ । भ्रमण वर्षमा गरिएको तयारीले पर्यटकलाई काठमाडौंको बारेमा धेरै कुरा बुझाउनसक्ने अवसर दिने प्रवक्ता डंगोलको भना छ । पर्यटक बढाउन र पर्यटनबाट राष्ट्रिय अर्थतन्त्रमा टेवा पु¥याउन पूर्वाधार विकास र गुणस्तरीय सेवामा पनि महानगरले विशेष जोड दिएको छ । 

काठमाडौंभित्र पर्यटकलाई कुनै समस्या हुन नदिन र धेरै बढी दिन नेपाल बस्ने वातावरण सिर्जना गर्नमा पनि काठमाडौं महानगरले ध्यान दिएको छ । प्रवक्ता डंगोल भन्छन्, ‘नेपालमा आउने पर्यटक गर्ने दैनिक खर्च र औसत बसाइ लम्ब्याउन विशेष जोड दिएका छौँ ।’

सार्वजनिक यातायातदेखि खाजा घरसम्म सबै स्थानमा पर्यटकलाई समान व्यवहार, सम्मान र सद्भाव गरौं भन्दै महानगरले जनचेतना मूलक नारासहित विभिन्न ठाउँमा प्रचारप्रसार गर्न थालेको छ । पर्यटक आगमनको मुख्यद्वारदेखि गन्तव्य, खानपान बसोबास र सुरक्षाको व्यवस्थापनमा विशेष व्यवस्थामा ध्यादन दिइएकाले काठमाडौंभित्र पर्यटकलाई सास्ती नहुने विश्वास महानगरको छ । भ्रमण वर्ष सफल बनाउन तथा समग्र पर्यटनमैत्री वातावरण तयार गर्न महानगर क्रियाशील रहेको प्रवक्ता डंगोलको भनाइ छ । भ्रमण वर्षले सिंगो देशलाई पर्यकीय गन्तव्यको रूपमा विश्वमा चिनाउने विश्वास काठमाडौं महानगरको रहेको पनि उनले बताए । जनवरी १ मा काठमाडौंमा हुने भ्रमण वर्ष उद्घाटन समारोहका तयारीमा पनि महानगर जुटेको छ । 

काठमाडौं महानगरले प्रमुख पर्यटकीय स्थलहरूमा पर्यटक पु¥याउन पनि मर्मत सम्भार, सरसफाइश्र प्रचारप्रसार लगायतमा ध्यान दिएको छ । पर्यटकलाई सबैजसो ऐतिहासिक संग्रहालयमा पु¥याउन पनि महानगरको तयारी छ । काठमाडौंका सांस्कृतिक धरोहरको प्रचारप्रसारमा पनि महानगरले विशेष जोड दिएको छ । 


Views: 466

सम्बन्धित सामग्री:

स्कुटरमा घाँसको भारी

: श्रावण ११, २०७७ (६:५७ PM)