15th July | 2020 | Wednesday | 1:43:18 PM

कविता– कोरोना त्रास

मुना दाहाल   POSTED ON : फाल्गुन २१, २०७६ (२:०६ PM)

कविता– कोरोना त्रास



के दिन देख्नु पर्यो आज आइ ।

सन्त्रास मन भो जगमा फिँजाइ ।। 

छाडेन कुनै सक्षम देशलाई ।

छन् हाम्रा मुटुका टुक्क्रा परदेशमै ।।


हे आमा तिमी स्वस्ति शान्ति गर्छ्यौ ।

थला परेकी छौं तिमी आफै काम्छौँ ।।

विश्व विधंशको गन्ध फैलियो ।

यो भाईरसले सबको मन रोयो ।।


लाली सूर्यले पनि फाल्छ त्यहाँ ।

उदयको सुन्दा मन रम्छ यहाँ ।।

विज्ञानले नै ज्ञान दिन्छ जहाँ ।

विनाशको निम्तो पनि हुन्छ त्यहाँ ।।


विश्व डुबेको छ आज चिन्ता भित्र ।

अँगालो नमार नमस्कार छ मित्र ।।

हात मिल्नु हैन हात जोड्दा राम्रो ।

दण्डवत गर्ने संस्कार नै हो हाम्रो ।।


यो कस्तो कस्तो काल युग आयो ।

प्रकृति मास्दा मानवलाई नै खायो ।।

भाइरस पसेसी बाँच्न गाह्यो छ यहाँ ।

जोगियौं सबै यसैमा छ भलो जहाँ ।।


Views: 808