28th September | 2020 | Monday | 11:11:38 PM

कथा–कन्यादान

राजेश अधिकारी   POSTED ON : चैत्र २, २०७६ (५:०६ PM)

कथा–कन्यादान

सरकारी जागिरे अनुप जनसंख्याको तथ्यांक संकलकको रुपमा एउटा दुर्गम पहाडी गाउँपालिकामा खटिएको थियो । नवजागिरे अनुप रासनपानी सहितको कुम्लो–कुटुलो बोकेर कार्यक्षेत्रतिर हिँड्छ । अप्ठ्यारा कान्ला–कन्दराहरु छिचोल्दै उ हिँडेको तीन दिनपछी बल्ल आफ्नो गन्तब्यमा आइपुग्दा झमक्क साँझ पर्छ । थकित अनुप एउटा डाँडोमा बसेर डाँडामुनिकोे एउटा भिरालो पाखोमा अवस्थित गाउँतिर हेर्दै सुस्केरा हाल्छ। उसका थकित पाइलाहरु बिस्तारै त्यही गाउँतिर बढ्छन् । उ एउटा भित्रबाट टुकीको उज्यालो आइरहेको घरको दलिनमा पुगेर टक्क अडिन्छ ।“घरमा को हुनुहुन्छ?“बासको अपेक्षा राख्दै उ कराउँछ। “कसले बोलाउँछ यो साँझमा?“गुन्गुनाउँदै एउटी युवती टुकी लिएर दलिनमा आउँछे। पराईलाई देखेर युवती अकमक्क पर्दै आफ्नो बाबुलाई बाहिर बोलाउँछे । युवतीको बाबुसँग अनुपले एकरातको लागि बास माग्नुका साथै आफ्नो परिचय र उसको त्यहाँ आउने उद्देश्यबारे नालिबेली लगाउँछ।साँझको पाहुनालाई आथित्य सत्कार हेतु आग्रहलाई स्विकारिन्छ।  

पातलो वस्ती भएको डाँडामुनिको भिरगाउँ आधुनिकताभन्दा परै छ । बसाइकै क्रममा अबिवाहित अनुपको दस कक्षामा पढ्ने आकांक्षा नामक घरमुलीकी एक्ली सन्तानसँग आत्मियता गाढा हुन्छ। स्कूलमा बर्खे बिदा भएकाले असारे झरीलाई झेल्दै आकांक्षाले अनुपको तथ्यांक संकलनको काममा गाउँघरको पथप्रदर्शक भएर सहयोग गर्छे ।शहरभन्दा टाढा भिरगाउँको मृदुलता, गाउँलेहरुको निष्कपट आतिथ्य सत्कार र हँसिली आकांक्षाको आत्मीयताले गर्दा अनुपलाई यति छिट्टै समय बितेको पत्तै भएन। अनुपको तथ्यांक संकलनको काम पनि सकिनै लाग्छ । एकदिन साँझपख तथ्यांक संकलनार्थ अनुप र आकांक्षा डाँडापारिको गाउँबाट फिर्दै थिए, डाँडाको चौतारीमा आइपुग्दा मुसलधारे बर्षा हुन्छ। हात्तीसुँडे बर्षाबिच निस्पट अध्यारोमा भिरगाउँ हराएको क्षितिज झैँ लाग्थ्योे । चौतारीमा बसिरहेका दुबैलाई कम्पनशील भुस्खलनको आभाष हुन्छ । भयको साम्राज्यभित्र ती युवाद्वय अनियमित आकस्मिकताबस अंकमालमा बाधिन्छन् । जूनको रोशनीमा परदृश्यता सहज बन्छ । उनीहरुको नजर भिरगाउँतिर पर्छ तर अफसोस भिरगाउँ त भयानक पहिरोले अस्तित्वहीन भइसकेछ। क्षणभरमै भिरगाउँलार्ई पहिरोले बगाई यसको अस्तित्वलाई इतिहास बनाइदिन्छ फलस्वरुप आकांक्षा मुर्छित हुन्छे।  

एउटी नारीले आफ्नो जन्मथलो र जन्मदाताहरुको असोचनीय अन्त्य देख्दा बेहोस हुनु स्वाभाविक हो। पहिरोको तान्डवियबिनासको दृश्यले किंकर्तव्यमूढ बनेको अनुप बेहोस आकांक्षालाई बहुराउने अविरल प्रयास गर्छ। असारे झरीसँग मितेरी गाँसेको कालरात्रिमा ती असमन्जस्य प्राणीद्वय चौतारीको आश्रयमुनी कारुणिकताको ब्यथा पिउँदै तड्पिरहेका छन् । मध्यरात्रीतिर आकांक्षाको होस खुल्छ । तितो यथार्तता सम्झेर उ भक्कानिन्छे। अनुप उसको पीडामा मलम लगाउने कोसिस गर्छ । अनुपले अबिरल झरी झैँ रोइरहेकी आकांक्षालाई केश सुम्सुम्याउँदै सान्तवना दिने कोसिस गर्छ ।“सर! पहिरोले मेरो सर्वस्व सर्वनाश भयो ।कास! मलाई पनि पापी पहिरोले बाबुआमासँगै किन बगाउन सकेन ?अब म कहाँ जाने ? कसकोे सहारामा बाँच्ने?” यती भन्दै आकांक्षा बियोगको बेदनाले रुन थाल्छे । “आकांक्षा! तिमीलाई म मेरो घर लगेर सहारा दिन्छु।” अनुपको बचनाञ्जलीले आकांक्षाको उजाड मुहारमा केही उज्यालोपन देखिन्छ।धर्तीमा कलिला रवीकिरणहरुको पदार्पणसँगै उषाको आगमन हुन्छ । मातेको झरीले पनि क्षणिक बिश्राम लिन्छ । बिनाशकारी प्रकोपले लखेटिएका ती दुई प्राणीका गर्हौं पाइलाहरु अस्पस्ट गोरेटोहरुमा पदचाप छोड्दै सुस्तरी अघी बढ्छन् ।बर्खे झरीमा पहाड–पर्वतका कठिन मोडहरु छिचोल्दै उनीहरु अनुपको शहरस्थित घरमा आइपुग्छन् ।अनुपले उसलाई भिरगाउँमा आकांक्षाको परिवारले गरेको खातिरदारी, आकांक्षाद्वारा उसलाई गरिएको सहयोग र भिरगाउँमा भएको हृदयबिदारक घटनाको बेलिबिस्तार आफ्ना बाबुआमालाई लगाउँछ।मानवताको नाताले अनुपले आकांक्षालाई गरेको उपकारलाई अनुपका आमाबाबुले सर्हाना गर्छन् ।आकांक्षाले बाबुआमाको एक्लो सन्तान अनुपको घरमा छोरी समान स्नेहात्मक आश्रय पाउँछे ।    

आकांक्षाले अनुपको घरमा टुहुरो भई आश्रय लिएको पनि चार बर्ष बितिसक्यो। जवान अनुपको घरमा स्नेहजन्य सुखसयल पाए पनि आकांक्षालाई आफु बाध्यात्मक बोझ भएको अनुभुतीहरुले पिरोलिरहन्थ्यो।आजकल आकांक्षा क्याम्पसबाट घर फर्केपछी अतीत सम्झिएर कोठामा एक्लै तड्पनका आँशुहरुले आत्म परिचयबिहीनताका ग्लानीहरु पखाल्ने गर्छे। अनुपले आकांक्षालाई असाध्यै माया गर्छ र आकांक्षा पनि अनुपको साथलाई सुखद ठान्छे। दुबैको अनुहारमा अप्रस्फुरित लुप्त चाहनाहरुको झल्को झल्किन्छ। एकदिन आवेगहरुको बाँध फुट्छ र अनुपले आकांक्षालाई प्रेम प्रस्ताव राख्छ र लजालु मुस्कानमा आकांक्षाले मौन सहमती जनाउँछे । दुबै पारस्पारिक प्रेममा बाधिन्छन् र कालान्तरमा उनीहरुको प्रेम अनुपका बाबुआमाको आकांक्षित सहमतिमा बिवाहमा बदलिन्छ।   

अनुपको घरमा बसेर अन्ततः बैधानिकता पाएपछी आफ्ना अतीतका पीडाहरु क्रमिक रुपमा भुल्दै आकांक्षा पनि मुस्कुराउन थाल्छे ।बिवाहपछी नवजोडी मधुमास मनाउन हप्तादिनको लागि पोखरातिर जान्छन्। नवजोडीले पोखराका बिभिन्न ठाउँहरु घुम्छन र घर फर्किने अघिल्लो दिन बिन्दयबासिनी मन्दिरमा दुबैले अटल मिलनको कामना गर्दै माताको दर्शन गर्छन् । उता अनुपका बाबुआमा छोराले सुन्दर बुहारी पाएकोमा र छिट्टै नाती–नातिना खेलाउन पाउने सपनामा मख्ख हुन्छन् । पोखराबाट घर फर्किएपछी अनुपलाई कार्यालयको निर्देशानुसार तालिमको सिलसिलामा महिनादिनको लागि विदेश जानुपर्ने हुन्छ ।एकातिर अनुपलाई आकांक्षासँगको क्षणिक बिछोडको बेखुसी र अर्र्काितर बैदेशिक भ्रमणको सुखानुभूतीका असामञ्जयताहरु बिच च्यापिदै अनुप घरबाट बिदा हुन्छ।सासुससुरा सहित बिमानस्थलमा अनुपको बिदाईको लागि गएकी आकांक्षा बियोगका अश्रुधारा बहाउँदै घर फर्कन्छे ।   

अनुपबिनाको घर आकांक्षालाई मरुभुमीतुल्य लाग्छ। बिदेशबाट अनुपको खबर नआउन्जेल आकांक्षाको मन खट्पटीले अस्थिर बन्छ । आकांक्षा रातभरी बिस्तरामा कोल्टे फेर्दै अनिदै रात काट्छे।अर्को्तिर अनुपका बाबुआमा पनि छोराको खबर नआउन्जेल बेचैन हुन्छन् । अनुप गएको दिनदेखी उताबाट उसको खबर नआएकाले परिवारमा एउटा अनजान भयले सताउँछ। हप्ता बित्छ तथापी बिदेशबाट अनुपको केही खबर आउँदैन । चिन्तित परिवारमा सन्नाटा छाइरहँदा अचानक फोनको घण्टी बज्दा आकांक्षा दौडिदै गएर फोन उठाउँछे। बिदेशस्थित दुतावासबाट अनुपको सडक दुर्घटनामा परी निधन भएको खबर फोनमा सुनी आकांक्षा मुर्छित हुन्छे फलस्वरुप यो दुखद खबरले बाबुआमा अर्धपागल झैं हुन्छन् र सपरिवार गहिरो शोकमा डुब्छ । यो दैबको पक्षपाती लीलाले एउटी माइतीबिहिन टुहुरीको संरक्षक र बाबुआमाको बुढेसकालको सहारालाई निर्दयापुर्वक चुडेर लगिदियो र बियोगात्मक आर्तनादहरु छोडिदियो। सहाराहीनता,एक्लोपना र अनिस्चित भविस्यका चिन्तनशील आसुँका घुट्काहरु पिउँदै आकांक्षाका बर्ष दिनहरु बित्छन्। कोठामा टाँगिएको अनुपको फोटो हेरेर उ भक्कानिन्छे। उसलाई एक्लै निरस जीवन जिउन मन लाग्दैन। उ एकपल्ट कहालिएर रुन्छे र अधिरतावस भन्डारकोठातिर अनायसै उसका पाइलाहरु बढ्छन् । उसका हातहरुले एउटा जहरिलो  किटनाशक औषधीको सिसीको बिर्को खोल्छ र उ त्यसलाई घटघटी पिउँछे। जहरको दर्दनाक ज्वलनको चित्कार पल्लो कोठामा सुतिरहेका सासुससुराले सुन्छन र उनिहरु आतिएर भण्डार कोठामा जान्छन्। त्यहाँ जहर पिएर बेहोस भएकी बुहारीलाई देखेरे हतास भएका सासुससुराले हतार–हतार आकांक्षालाई अस्पताल लैजान्छन्।सघन उपचारपछी आकांक्षाको होस खुल्छ। मृत्युको मुखबाट खोसिएकी बुहारीको होस आएपछी सासुससुरा उसलाई अंकमाल गर्दै रुन्छन् ।आमाबुवा! मेरो अपराधलाई क्षमा दिनुहोला भन्दै आकांक्षा सासुससुरालाई अँगाली भक्कनिदै रुन्छे। “नानी! हामीले छोरो त गुमायौंं,अब तिमी बुहारीलाई आगे हाम्रो जीवनको सहारास्वरुप छोरीको रुपमा अँगाल्छौँ।                        

बर्र्षोंं एकल जीवन काटिरहेकी आकांक्षा र सासुससुराको आत्मिय प्रेममय घरसंसारमा अनुपको कमीको ब्यथा क्रमस पातलिंदै गयो।आफ्नी बुहारीरुपी छोरीलाई आफ्नो सहाराको खातिर लामो जीवनयात्रा एक्लै काट्न वाध्य पार्नुलाई घोर अपराध ठानी कर्तव्यार्थ अनुपका बाबुआमाले आकांक्षाको विवाह गराइदिने बिचार गरे। बाबुआमाको लामो प्रयासपछी आकांक्षालाई विवाहको कुरामा राजी गराइयो। आकांक्षाको धुमधामको विवाहोत्सवमा हजारौ आमन्त्रितका बिचमा अनुपका बाबुले एउटा अनुपकै उमेरको जागिरे केटोलाई कन्यादान गरे।

बिधवा बुहारीलाई अलच्छिनी र दासी ठान्ने कुरुप समाजमा गरिएको उदाहरणिय कन्यादानको सुखद द्रृश्य देखेर विवाहोत्सवमा तालीको गड्गडाहट बज्यो। सुनिन्छ अहिले आकांक्षााको छोरो सुरुप मावलीघरमा बाजेबजैसँगै बस्छ रे र बाजेबजैले बुढेसकालको सहारारुपी नातीलाई अनुपको अवतार ठानी अपार प्यार गर्छन् रे।



Views: 537