10th August | 2020 | Monday | 4:12:05 PM

सद्विचार राख्ने र सत्कार्यको चाहना गर्ने सत्पात्र : खडानन्द

हिमालय टाइम्स   POSTED ON : असार २७, २०७७ (१०:३९ AM)

सद्विचार राख्ने र सत्कार्यको चाहना गर्ने सत्पात्र :  खडानन्द

खडानन्द लुइँटेल विसं २०१३ साल साउन ९ गते ओखलढुंगा जिल्लाको कालिका गाविसको रयलटारमा जन्मिनु भएको हो । सानैमा उहाँ भारतको आसाम गुवहाटीदेखि केही पर अम्लिघाट नजिकको गाउँमा पुग्नुभयो र त्यहीँ हुर्किनु भयो । पिता मायानाथ र माता रत्नमाया लुइँटेलका चार छोरामध्ये उहाँ माहिला छोरा हुनुहुन्छ । उहाँका दाजु खड्गप्रसाद तथा भाइहरू नेत्रप्रसाद र ढुण्डिराज हुनुहुन्छ । उहाँका एकजना दिदी जोगमाया घिमिरे र तीनजना बहिनीहरू बालकुमारी दाहाल, देवकी सुवेदी र टुकमाया भट्टराई हुनुहुन्छ । 

वर्तमान शासकीय स्वरूपअनुसार उहाँ जन्मिएको कालिका गाउँको रयलटार चम्पादेवी गाउँपालिका–३ मा पर्छ । २०४० सालमा हर्कपुरका शिवप्रसाद र गंगामाया खतिवडाकी छोरी प्रेमकला खतिवडासँग उहाँको विवाह भयो । लुइँटेल दम्पतीका सागर र समीर दुई छोरा र एक छोरी सीमा छन् । हाल उहाँ बूढानीलकण्ठ नगरपालिका–१२ बालकुमारी टोल, कपन, काठमाडौंमा बस्दै आउनुभएको छ । 

बाल्यकाल गुवहाटीमै बिताएर १० वर्षको उमेरमा आफ्नै नेपाली माटोको खोजी गर्दै परिवारसँग नेपाल आउनुभयो । त्यहाँको घर, सात बिघा जग्गा तथा ७२ वटा गाईगोरुको ममता त्यागेर नेपाल आएपछि उहाँले गाउँकै चिप्लिङ प्राविमा ३ कक्षासम्म पढ्नुभयो । त्यसपूर्व बालवर्गको ‘क’ ‘ख’ श्रेणीको प्राथमिक तहका केही कक्षा उतै पूरा गर्नु भएको थियो । गाउँबाट काठमाडौं आएर दरबार हाइस्कुलमा भर्ना भई सात कक्षासम्म पढ्नुभयो । 

२०३० सालमा उहाँ नेपाली सेनामा भर्ना हुनुभयो । उहाँले ब्यारेकभित्रै पढ्नुभयो । त्यहाँ त्यस्तो अध्ययनको तह हुन्थ्यो । उहाँले त्यहाँ सेकेण्ड क्लाससम्म पढ्नुभएको थियो । त्यसपछि उहाँले पाटनढोकास्थित नन्दीरात्रि स्कुलमा पनि पढ्नुभयो । एसएलसी भने उहाँले २०३९ सालमा प्राइभेटबाट पूरा गर्नुभयो । आइए पनि प्राइभेटबाटै गर्नुभयो । त्यसपछि भने उहाँले स्वअध्ययनबाटै आफ्नो ज्ञानको दायरा फराकिलो बनाउँदै लानुभयो । 

सैनिस सेवामा उहाँ क्लर्क (सैनिक कर्मचारी हुक) हुनुहुन्थ्यो । त्यहाँ छँदा धेरैजसो लेखापढीका काम गर्नुपथ्र्यो । उहाँ डडेलधुरालगायत धेरै स्थानमा बस्नुभयो । घरबाट टाढा बस्ता उहाँलाई घरको न्यास्रो पनि लाग्थ्यो तर दिनभरिको कार्य व्यस्ततापछि रातमा आफ्नो ओछ्यानमा पल्टिएर घरमा चिठी लेख्दा उहाँलाई आनन्द आउँथ्यो । त्यो चिठी घर पुग्न महिनौं लाग्थ्यो र त्यसको उत्तरको प्रतीक्षा पनि आनन्ददायक नै हुन्थ्यो । उहाँका हस्ताक्षर सुन्दर थिए र त्यसमा पूmलबुट्टा जोडीजोडी कथात्मक ढंगले लेख्दालेख्दै उहाँमा साहित्यतिर पनि रुचि बढ्यो । बिस्तारै लोकलयमा कविताहरू लेख्न थाल्नुभयो र खोजमूलक काम गर्न रुचाउन थाल्नुभयो । 

आफ्ना अग्रज बाबुबाजेहरूको अवसानले उहाँलाई ‘हामी सबै मरिने रहेछ, त्यसैले बाँचेकै बखत केही गर्न र कीर्ति छोड्न पाए हुन्थ्यो’ भन्ने लाग्यो । उहाँको प्रेरक व्यक्तित्व खासै कोही छैन, मनको यही भावन लेखनमा प्रेरणाको स्रोत बन्यो । लेखनलाई उहाँ रुचि मान्नुहुन्छ, ‘निष्काम भावले लेखेको’ भन्नुहुन्छ । लेखनबाट उहाँलाई अरूलाई जस्तै नामबाहेक केही प्राप्ति भएको छैन । लेखेर आर्थिक प्रगति हुने पनि होइन । त्यसो त प्रप्तिको आशा गर्नुभएको थिएन । यसलाई उहाँ आत्माको आदेश ठान्नुहुन्छ । 

आफ्नो लेखनबाट सामान्यतया खुशी र सन्तुष्ट हुनुहुन्छ । अझै सबै प्राविधिक पक्ष आफैंबाट गर्न र हेर्न सम्भव नहुँदा केही काम अरूलाई अराउनुपर्ने भएकाले उहाँमा केही असन्तुष्टि पाइयो । त्यसो त लेखनमा पूर्णसन्तुष्ट हुनुहुन्न, त्यो सबैमा हुने साझा स्वभाव हो । त्यही असन्तुष्टिले अरू सिर्जनाका लागि ऊर्जा प्राप्त हुने उहाँको तर्क छ । उहाँका ‘लुइँटेल वंशावली’–२०७१, अति राम्रा राम्रा सफल ‘१०१ व्यक्तित्व’–२०७१, ‘नेपाली थर गोत्रको चिनारी’–२०७६ र ‘नेपालका स्थानीय तह’–२०७६ चार पुस्तक प्रकाशित छन् । एउटा कविता संग्रह र पुराना सामानको नाम बारेमा पुस्तकको तयारीमा हुनुहुन्छ । 

उहाँका ‘नेपाली थर गोत्रको चिनारी’ तथा ‘नेपालका स्थनीय तह’ शीर्षकका दुई पुस्तक हालै एकै मञ्चबाट सार्वजनिक भएका हुन् । यो पंक्तिकारको पनि त्यहाँ उपस्थिति थियो । उहाँका कार्यबाट प्रभावित भएर उहाँसँगै अन्तरंगको निर्णयमा पुगेर हामीले भेटघाट ग¥यौं र यो अन्तरंग तयार भयो । 

उहाँ आपूmले लेखनबाट प्राप्ति केही नगरे पनि केही मानिसहरूका बीच नाम राख्न सकेको र स्वआर्जनबाट प्राप्त केही सम्पत्ति खर्च गरेकोबाहेक लेखनबाट अरू केही गुमाएको छैन भन्नुहुन्छ । ‘आपूmले थाहा पाएको कुरा सबैले थाहा पाउन् भन्न लेखेको हो, आपूm गुरु बन्न र सिकाउन’ लेखेको होइन भन्नुहुन्छ । 

२०४८ साल भदौबाट सैनिक सेवाबाट निवृत्तिभरणमा अवकाश लिनुभयो । त्यसपछि उहाँ आफ्नो जिल्ला ओखलढुंगा जानुभयो र २०४९ सालको स्थानीय निकायको निर्वाचनमा कालिका गाविसको अध्यक्ष पदमा कुखुराको भाले चिन्ह लिएर स्वतन्त्र उम्मेदवार हुनुभयो तर उहाँले विजय हासिल गर्न सक्नुभएन । त्यसपछि उहाँ काठमाडौं आउनुभयो र केही व्यापारिक र केही राजनीतिक कामहरूसमेत गर्नुभयो । त्यसैगरी उहाँले आपूm संस्थापक अध्यक्ष भएर २०५३÷०५४ मा निर्वाचन आयोगमा ‘नेपाल जनपक्षीय पार्टी’ दर्ता गराउनु भयो । उक्त पार्टीले निर्वाचन लडेन तर दुई पटकसम्म दल नवीकरण गरेर त्यसपछि निष्क्रिय रहृयो । 

उहाँ केही गरिरहन चाहनुहुन्छ, निष्क्रिय रहनुहुन्न । २०५० सालमा उहाँले काठमाडौं जिल्ला अदालतबाट लेखापढीको प्रमाणपत्र लिएर डिल्लीबजार मालपोतमा लेखापढीको काम गर्नुभयो । २०५९ सालदेखि उहाँ चावहिलमा ‘लुइँटेल कानुनी सेवा’ स्थापना गरेर यो व्यवसाय सञ्चालन गरिरहनु भएको छ । उहाँ ‘जन्मभूमि साहित्य समाज’ काठमाडौंको सदस्य हुनुहुन्छ । यसैगरी उहाँ ‘सिद्धेश्वर योग साधना केन्द्र’ कपनको आजीवन सदस्य तथा ‘योगप्रेमी परिवार नेपाल’ कपन, काठमाडौंको सदस्य पनि हुनुहुन्छ । 

उहाँका केही रोमाञ्चित संस्मरण छन् । सैनिक सेवामा प्रवेश गर्दा २०३० सालमा उहाँको तब स्केल मासिक ७५ रुपैयाँ थियो । त्यसमा केही कट्टा गर्नुपर्ने कुरा नियमानुसार कट्टा गरेर ६७ रुपैयाँ हात पथ्र्यो । त्यसबाट बचत गरेर उहाँले पहिलो महिनामै आमालाई २० रुपैयाँ पठाउनुभएको थियो । २०४८ सालमा जागिर छोड्दा तलब मासिक ११ सय पुगेको थियो । अवकाश लिँदा ५ सय ५० निवृत्तिभरण थियो । हाल त्यसमा वृद्धि भएर मासिक झण्डै १८ हजार पुगेको छ । यसमा वाषर््िाक ५ हजार कल्याणकारी कोषबाट थप निवृत्तिभरणसमेत आउँछ । 

उहाँले सेवामा हुँदा सैन्य तालिम, ड्रिल तालिम, म्याप रिडिङ तालिम, नयाँ अभिलेख प्रणाली तालिम, लेखा तथा जिन्सी तालिम, नेपाली तथा अंग्रेजी टाइप तालिम जस्ता विभिन्न तालिम लिनुभएको छ । सेवामा रहँदा इमानदारीतापूर्वक सेवा गरेको हुँदा सैनिक सेवा पदक, शुभराज्याभिषेक पदक २०३१ प्राप्त गर्नु भएको छ । 

जागिरे जीवनको स्मरण गर्दै उहाँ भन्नुहुन्छ, ‘सैनिक जीवन रमाइलो थियो । अनुशासनमा रहनुपथ्र्यो, निर्देशन पालना गर्नुपथ्र्यो । म यस्ता कुरा रुचाउथेँ पनि । मैले प्रशासनको काम गर्नुपथ्र्यो, टाइप पनि गर्नुपथ्र्यो, चिठीहरू लेख्नुपथ्र्यो, अभिलेखहरू राख्नुपथ्र्यो । तर, बाहिर जान मन लाग्थ्यो, जान नपाइने, त्यस्तो बेलामा भने केही असहज जस्तो लाग्थ्यो ।’ 

२०४० साललाई उहाँ आफ्ना लागि फाप वर्ष मान्नुहुन्छ । त्यही वर्ष विवाह भयो । जागिरबाट १५ दिनको बिदा लिएर गाउँ जनुभयो र विवाह गरेर फर्किनुभयो । त्यही वर्ष बालाजु मनमैजुको हिलेडोलमा तीन आना जग्गा किन्नुभयो । ५ हजार ६ सयमा किनेको जग्गा केही वर्षपछि ७० हजारमा बिक्री गर्नुभयो । आफ्नो अन्य कमाइ र त्यसबाट बढेबढाएको पैसाले हालको घरबासको व्यवस्था मिलाउन सकेको उहाँ बताउनुहुन्छ । यही वर्ष उहाँको कविता सैनिक पत्रिकामा प्रकाशन भयो । 

उहाँ अब आफ्नो वयलाई उत्तरार्ध मान्न थाल्नुभएको छ । घुँडा दुख्नेलगायत केही रोगहरू स्थायी मित्र बन्न थालेका छन् भन्नुहुन्छ । अब आपूmले गर्दै आएको लेखापढी तथा कानुन व्यावसायी पेशा बिसाउने मनस्थिति पाइयो उहाँको । त्यसको सट्टामा घरैमा बसेर गर्न सकिने कामहरू, अध्ययन, खोज, संकलन, लेखन गरी अरू केही कृतिहरूको सिर्जना गर्ने चाहना छ । उहाँ अब आपूmले के के न गर्छु जस्तो चाहिँ लागेको छैन भन्नुहुन्छ । अब आराम गर्ने हो, भलो काम गर्ने हो, सके राम्रा काम गर्ने नसके नराम्रा काम चाहिँ नगर्ने हो भन्ने सत् विचार उहाँमा छ । उहाँलाई सकेसम्म कीर्ति राख्ने र इज्जत कमाउने चाहना प्रबल छ । 

उहाँ आफ्नो अनुभवबाट पैदा भएको व्यावहारिक विचार अरूसमक्ष शेयर गर्न चाहनुहुन्छ र भन्नुहुन्छ, ‘लेखनमा अध्ययनको जरुरी हुन्छ । खोज र अध्ययनका लागि टिपोट गर्नुपर्छ र तिनलाई सुरक्षित गर्नुपर्छ ।’ भेटिएका प्रमाणहरू सुरक्षित गरेर अरूको मन छुने र सबैका लागि उपयोगी हुने गरी लेखन गर्न उहाँ सल्लाह दिनुहुन्छ । यस्ता काम एक्लै गर्न सम्भव नहुने उहाँको धारणा छ । परिवारको पनि यसमा ठूलो भूमिका रहन्छ तर परिवारका लागि बोझ बनेर, उनीहरूलाई दिक्क लाग्ने गरी, घरका काममा बाधा पु¥याएर एकोहोरो यस्ता काममा मात्रै लागिरहनु उहाँको दृष्टिमा उचित होइन । 

जहान परिवारलाई पीडा नदिई उनीहरूलाई खुशी पारेर तिनको सहयोग लिनुपर्छ भन्ने उहाँलाई लाग्छ । यति गरेर लेखनलाई निरन्तरता दिन सकियो भनेमात्र त्यो दिगो हुन्छ भन्ने उहाँलाई लाग्छ । उहाँलाई शुभकामना । 

प्रस्तुति : विनोद दाहाल 


Views: 67

सम्बन्धित सामग्री:

स्कुटरमा घाँसको भारी

: श्रावण ११, २०७७ (६:५७ PM)