चर्म विकार सारै अगतिलो रोगै मज्जाको लुतो।
कहि चिल्लो र फुस्रो विशेष गुणले योगै सहस्र जुटो।।
भलायो चिलायो कुक्कुर डाइनो सुन्दै मजाको कुरो।
कुरिलो कनाई लु मोज हुने भो लुतै अचम्म सुरो।।१
सल्किन्छ काप कुनाकुना सधैं जोडले कन्याउँदा पनि।
पल्किन्छ किटाणु हिलो र मैलो दुर्गन्ध फैल्यो भने।।
सल्कियो जगतका चारैकुना भने मास्न गारै भैदिने।
झट्टै उठौँ जुटाई अगुल्टो राँको बाली फ्याँक्दिने।। २।।
थियो पोहोर पनि यसैगरि फाल्यौँ साह्रै बैगुणी मानी।
बढ्छ औधी अचाक्ली महंगो गरेर आफैँ मोहोर हुँ ठानी।
विश्व व्याप्त भरि अयोग्य बैमान सबै मिलि गर्दछ।
कस्तो लुतो पर्यो कन्याउनै हुन्न फोहोर सारा छर्दछ।।३।
राखौँ स्वच्छ सफा लुतो नआउने यो देशको आँगन।
फोहोर छिर्न नदिई ओखती गरेर सङ्लो बनाउ जीवन।
ताजा तन मन लिई फालौँ लुतेकुरा जरै उखेलिकन।
लुतो मै अडिए के बन्छ मुलुक सोच विचारैले भन।।४।।
Views: 807