25th September | 2020 | Friday | 11:02:31 PM

कथा– श्वेत न्याय

राजेश अधिकारी   POSTED ON : श्रावण २७, २०७७ (३:१५ PM)

  कथा– श्वेत न्याय

जमिन्दार मखनलाल चौधरी गाउँमा मनग्ये हरुवाचरुवा,हलीगोठाला आदि राखेर तराईको आफ्नै अलिशान हवेलीमा बस्छन्। उनिले धेरै परिवारलाई आश्रय दिनुका साथै उनिहरुको रोजीरोटीको समस्या पनि टारिदिएका छन्। भलाद्मी,दयालु र न्यायका कठोर पक्षपाती समाजसेवी चौधरी गाउँका सबैका प्रिय मुखिया मानिन्छन्। शान शौकत र सम्पतीको छेलोखेलो भएर पनि बुढेसकालमा बिदुर भएका चौधरी आफ्ना सन्तानदुईजना जवान छोराहरुसँग बसेर जिन्दगीको गाडी गुडाउँदै छन्। चौधरीले आश्रय दिएका मध्ये सतार कान्छोको परिवार पनि मेलापात र बनिबुतो गरेर जीवन गुजारा गर्दै चौधरीकै कोठेबारीमा एउटा झुप्रो बनाएर बसेको छ। सतार परिवारमा बुढाबुढी र दुईवटी जवान छोरीहरु छन् जो प्रायजसो चौधरीको खेतमा काम गरेर जीवन निर्वाह गर्छन्।उता जमिनदार पनि धेरै नोकरचाकर राखेर आफ्नो हवेलीमा राजसी ठाँटले बस्छन्। जमिनदार असल र राम्रो मिजासका भए पनि हरुवाचरुवा,कामदार र गाउँलेहरुले छोटे चौधरी भनेर सम्बोधन गरिने जमिनदारका दुई छोराहरु बाबुको सम्पतीले मातिएर पढाई–गुनाई बिचमै छोडी हरबखत मोजमस्तीमै ब्यस्त हुन्छन्।छोराहरु बेइलमी र फन्टुस भएको देखेर चौधरीलाई आफ्नो सेखपछी यिनीहरुको भविस्य कस्तो हुने होला भन्ने चिन्ताले हरबखत सताइरहन्छ। होटेलमा गएर मिठो मिठो खानु,तास खेल्नु र भटभटे चढेर दिनभर बेलक्ष्य भौंतारिनु नै चौधरीका छोराहरुको दिनचर्या हुन्छ।एक दिन खेतको बाटो भएर भटभटे चढेर घर फर्किदै गरेका छोटे चौधरीहरुको नजर खेतमा काम गरिरहेका सतार कान्छाका छोरीहरु धनियाँ र लक्षिमिनियामाथि पर्छ।कसैको डरभर नभएका ती बैँशालु केटाहरुले भटभटे बाटैमा रोकेर धनियाँ र देउकीलाई जिस्क्याउन थाल्छन्। गाउँका मुखियाका छोराहरुले आफुहरुलाई जिस्क्याएको देखेर केटीहरु अक्क न बक्क पर्दै डर र लाजले रातोपिरो हुन्छन्।  

एकदिन अचानक चौधरीको हवेलीमा माली र भान्सेकाम गर्ने कामदारहरुकोजरुरत पर्छ।चौधरीले कामदार खोज्ने जिम्मा आफ्ना विश्वाशपात्र सतार कान्छोलाई दिन्छन्।के खोज्छस् कानो आँखा भने झैँ कान्छोले आफ्ना जवान छोरीहरुले दिगो काम नपाएको बेलामा मालिकको हवेलीमा काम गर्ने मौका पर्दा यो अवसरलाई उम्किन नदिन यसको प्रस्ताव चौधरी सामु राख्छ र चौधरीले पनि उसको प्रस्तावलाई सजिलै स्विकार गर्छन्।धनियाँ र लक्षिमिनिया हवेलीमा काम गर्न सुरु गर्छन्।आफ्नो हवेलीमा आफुले खेतमा जिस्क्याएका केटीहरुको उपस्थिती देखेर छोटे चौधरीहरु अक्क न बक्क पर्छन् र केटीहरु पनि उनिहरुलाई देखेर अनजान भय र शर्मले शिर निहुराउँछन्। गरिवीले थिचिएका आफ्ना मजबुरीको अर्को बिकल्प नभएपछी धनियाँ र लक्षिमिनिया छोटे चौधरीहरुको हवेलीमा कामदारको रुपमा काम गर्न वाध्य हुन्छन्। आजकल घुमक्कड र उरन्ठ्यौला छोटे चौधरीहरु पहिलाको जस्तो बरालिदैनन््।घरमा सिन्को पनि नभाच्ने ती अल्लारे केटाहरु कहिले फुलबारीमा त कहिले भान्सा कोठामा गएर कामदारलाई सघाउ–पघाउ गर्ने गर्छन्। उनिहरुमा अचानक आएको बदलाव देखेर  कामदार केटीहरुले उनिहरुको आफुहरुसँग हिमचिम बढाउने अभिप्राय भएको सजिलै बुज्छन् तर बाबु चौधरीलाई आफ्ना छोराहरुको ब्यवहारमा आएको परिवर्तनले दंग पार्छ।आफ्ना छोराहरुको घरप्रतिको लगाव देखेर उनिहरुको भविस्यको बारेमा हरदम चिन्तित भैरहने चौधरीको मनमा खुशीको तरंग पैदा हुन थाल्छ।आजकाल त उनका छोराहरुले बरालिन छोडेर आफ्ना बुढा बाबुको पनि हेरचाह गर्न थालेका छन् जसले गर्दा पत्नी बियोगले बिक्षिप्त बनेका चौधरीलाई बुढेसकालमा छोराहरुको सामिप्यताले केही हदसम्म खुशी छरिदिएको छ। अर्कातिर चारैजना दौंतरीहरुको हरदम देखादेख र भेटघाट भैरहने हुनाले छोटे चौधरीद्वय र धनियाँ–लक्षिमिनियाबिच हाँसखेल र ख्यालठट्टाको सिलसिला बढ्दै जान थालेको छ। माघ महिनाको चिसो दिनमा माई खोलामा बर्सेनी माघे सक्रान्ती मेला लाग्छ जुन बेला प्रायशः गाउँका तन्नेरीहरु बडो उत्सुकताका साथ मेला भर्न जान्छन्। वर्ष दिनमा आउने रमाइलो चाड मान्न धनियाँ र लक्षिमिनिया पनि रिमिक्कै परेर आफ्ना दौंतरीहरुसँग सक्रान्ती मेलामा जान्छन्।उता छोटे चौधरीहरु पनि आ–आफ्ना भटभटेमा चढेर शानका साथ मेलामा पुग्छन्। मेलामा रोटेपिङ,नाचगान आदिमा रमाइरहेका धनियाँ–लक्षिमिनियालाई दिन ढल्न लागेको पत्तै हुँदैन र बेलुकीपख उनिहरु हस्याङ–फस्याङ गर्दै घरतिर फर्किन लाग्दा अचानक उनिहरुको जम्काभेट छोटे चौधरीहरुसँग हुन्छ। छोटे चौधरीहरुलाई देख्ने बित्तिकै ती दिदीबहिनीहरु लाजले भुतुक्कै हुन्छन् र उनिहरुसँग बिमुख हुन खोज्छन् तर ती केटाहरुले केटीहरुलाई सँगै खाजासाजा खाएर उनिहरुलाई भटभटेमा घर पुर्याइदिने प्रस्ताव राख्छन्।पहिला त केटीहरुले उनिहरुको प्रस्तावलाई ठाडै अस्विकार गर्छन् तर आफ्ना मालिकका छोराहरुले भनेको नमान्दा हवेलीको कामबाट हात धुनुपर्ने हो कि भन्ने डरले अन्ततः उनिहरुसँगै खाजा खाएर उनिहरुको भटभटेमा चढेर घर फिर्न राजी हुन्छन्।घर परिवारबाट टाढा र अदेख भएको अवस्थामा जवानीका उन्माद बोकेका बैंशालु तरुणतरुनीहरु भोजनालयमा बेफिक्र भै खाजा खान्छन्। भोजनालयमा छोटे चौधरीहरुले सक्रान्तीको सगुन खानुपर्छ भनी फकाई फुस्ल्याई पारेर ती केटीहरुलाई मदिरा पनि पिलाउँछन् र आफुहरु पनि पिउँछन्।मदिरापानले मन्द मन्द रुपमा लठ्ठिएका दुई जोडी युवकयुवतीहरु रातको अँध्यारो चिर्दै जंगलको बाटो हुँदै भटभटेमा घरतिरफर्कन्छन्। उनिहरु जंगलको बिचतिर पुगेपछी अचानक मुसलधारे पानी पर्न थाल्छ।उनिहरु भटभटेबाट उत्रिएर एउटा रुखको फेदमा ओता लाग्न पुग्छन्।फलस्वरुप मदिराको मन्द नशा र जवानीको उन्मादको तापले रापिएका छोटे चौधरीहरुले ती दिदीबहिनीलाई जबर्जस्ती बलत्कार गर्न पुग्छन्। रातिमासो बिच जंगलमा भय र दर्दले चिच्याइरहेका ती बलत्कृत युवतीहरुलाई त्यहीं छोडेर छोटे चौधरीहरु कुलेलम ठोक्छन्। आधारातमा सुनसान जंगलभित्र चिच्याइरहेका बलत्कृत युवतीहरुको चिच्याहट केवल रुख र झाडीमा प्रतिध्वनी भएर बिलाउँछ।सम्योग्वस बिहानीपखको मिर्मिरे उज्यालोमा त्यही बाटो भएर गोरुगाडा चढी एकहुल गाउँलेहरु मेलाबाट घरतिर फर्किदै हुन्छन् अनि झाडीभित्र कोही चिच्याइरहेको सुनेर आवाज आइरहेको स्थान पहिल्याउँदै जाँदाझरीले चुटेर निथ्रुक्कै भिजेका र रगतपच्छे भएका दुईवटी युवतीहरुलाई भेट्छन्। आफ्नै गाउँमा बस्ने सतार कान्छाका छोरीहरुको यस्तो दुर्दशा देखेर तिनिहरुले उनिहरुमाथि कोही यौनपिपासुले आफ्नो हवस पुरा गरेर तिनिहरुलाई बलत्कार गरेकोे रहेछ भनेर सजिलै लख काट्छन्।ती गाउँलेहरुले ती बिवस नारीहरुलाई उद्दार गरेर उनिहरुको घरसम्म पुर्याई सतार कान्छाको जिम्मा लगाउँछन्। आन्तरिक दर्द र सामाजिक त्राशले बिक्षिप्त भएका ती अवलाहरु खानपिन गर्न छोडेर हरबखत रुने र निन्द्रामा पनि कहालिने ब्यथाले जर्जर हुन्छन्।जती केरकार गरे पनि अपराधीको नाम बताउन डराउने आफ्ना सन्तानको यस्तो दुर्दशा देखेर सतार कान्छाकान्छी भित्रभित्रै टुट्छन्।सोझो सतार कान्छोलाई लाटो रिस उठ्छ र उसले आफ्ना छोरीहरुको जिन्दगीसँग खेलवाड गर्ने नरपिसाचलाई कडा सजाय दिलाउने प्रण गर्छ। उसका शुभचिन्तक गाउँलेहरुले पनि अपराधी पत्ता लगाएर कठोर सजाय दिनुपर्छ भन्दै कान्छालाई गाउँप्रमुख मखनलाल चौधरीको अध्यक्षतामा कचहरी डाक्नुपर्ने सल्लाह दिन्छन्। भोलिपल्ट सम्पूर्ण गाउँलेहरु उल्टिएर कचहरीमा भेला हुन्छन् जसमा बलत्कृत केटीहरुलाई पनि उपस्थित गराइन्छ। कचहरीमा ती ब्यथित दिदीबहिनी आफ्नो झुकेको शिरलाई गम्छाले छोपेर रोइरहेका हुन्छन्। सतार कान्छो रिसले चुर भई एकोहोरो चौधरीलाई हेरिरहेको हुन्छ र गाउँलेहरु अपराधीलाई पत्ता लगाएर सजाय दिलाउनै पर्छ भन्ने अठोट बोकेर धनियाँ र लक्षिमिनियालाई एकटकले हेरिरहेका हुन्छन्।कचहरीमा चौधरीले बलत्कृत नारीहरुलाई पीडकको हुलिया बताउन आदेश दिन्छन् तर ती बिक्षिप्त अवलाहरु केही नबोली पिलपिल मात्रै गरिरहन्छन्। सभामा सबै मौन हुन्छन् केवल त्यहाँ ती पीडित केटीहरुको सुँक्क सुँक्क गरेको आवाज मात्रै सुनिइरहन्छ। “ ए छोरीहरु हो! रोएर मात्रै अपराधी पत्ता लाग्छ? जे सत्य हो त्यो भन नत्र हामीले न्याय कसरी पाउछौं? आकस्मत छोरीहरुलाई घच्घचाएर सभाको मौनता चिर्दै सतार कान्छो कुर्लिन्छ।

धनियाँ र लक्षिमिनियाका आँसु सुकेका आँखाहरुबाट क्रोधको ज्वाला निक्लिन्छ।उनिहरुलाई देखेर सबैजना बेचैन हुन्छन्। “हामीहरुलाई ललाई फकाई बलत्कार गर्ने अपराधीहरु यिनै हुन्।” धनियाँ आफ्नो चोर औंलोले ईशारा गर्दै भर्खरै कचहरीमा आइपुगेका छोटे चौधरीहरुलाई देखाउँदै चिच्याउन थाल्छे। “यी पशुहरुले हामीलाई मदिरा पिलाएर हाम्रो अस्मिता लुटे“ लक्षिमिनिया पनि चौधरी पुत्रहरुलाई ईशारा गर्दै कुर्लिन थाल्छे।उनिहरुको कुरा सुनेर सभामा खासखुस चल्न थाल्छ। छोटे चौधरीहरु आफ्नो पोल खोलिएको सुनेर सभाबाट भाग्न खोज्छन् तर गाउँलेहरुले उनिहरुको कठालो समाउँदै उनिहरुलाई सभाध्यक्ष चौधरी सामु पेश गर्छन्।“मालिक!हामी निमुखालाई न्याय दिनुप¥यो“ सतार कान्छो चौधरीको खुट्टा समाउँदै गिड्गिडाउन थाल्छ। सभामा सहभागी गाउँलेहरु चौधरीको फैसला सुन्न आतुर हुन्छन्। छोराहरुको कर्तुत सुनेर चौधरीलाई कुनै पहाडले थिचेको जस्तो महशुश हुन्छ अनि कसैले घाँटी थिचेर आफ्नो श्वास रोकिएको जस्तो लाग्छ। चौधरीले आफ्ना छोराहरुतिर हेर्छन्।उनिहरु आत्मग्लानीले शिर निहुराएर बसिरहेका हुन्छन्।फेरी चौधरीले गाउँलेतिर फर्केर हेर्छन्।उनिहरुको आँखामा  चौधरीले आफुबाट न्यायको अपेक्षा राखिएको देख्छन्। असमान्जस्यताको भुँवरीमा रुमालिदै चौधरी कुर्सीबाट जुरुक्क उठ्छन् र आफ्ना छोराहरुमाथी कोर्राको बर्षा गर्न थाल्छन्। बाबुको कुटाईको असहनिय पीडाले छट्पटाइरहेका छोटे चौधरीहरुले “हामीबाट भुल भयो,हामीलाई माफ गर्नुहोला” भन्दै चौधरीको पाउ समाउन पुग्छन्। छोराहरुलाई दन्डित गरेपछी चौधरी कुर्सीमा केही क्षण आँखा बन्द गरेर थचक्क बस्छन्। गाउँलेहरुले चौधरीलाई हेर्दै अब उनिबाट कस्तो न्यायिक निर्णय आउने होला भनी खासखुस गर्न थाल्छन्। चौधरी कुर्सीबाट जुरुक्कै उठेर “हे सतार कान्छा!मेरा नालायक छोराहरुले तेरा छोरीहरुलाई ब्याभिचार गरेछन्।उनिहरुको कुकृत्य माफी गर्न लायकको छैन।सानोठुलो जात नभनिकन अब म मेरा छोराहरुको बिहे तेरा छोरीहरुसँग गरिदिन्छु भन्दै गाउँलेहरुलाई न्यायको निर्णय सुनाउँछन्। न्यायमुर्ती चौधरीको मुखबाट यस्तो असोचनिय निर्णय सुनेर धनियाँ र लक्षिमिनिया मुसुक्क मुस्काउँछन्,सतार बुढाबुढीले हर्षाश्रु बहाउँछन् र गाउँलेहरु खुशीले ताली बजाउँछन्। केही महिनापछी चौधरी हवेलीमा चौधरी पुत्रद्वय र सतार पुत्रीद्वयको धुमधामका साथ विवाह हुन्छ। विवाहमा कथित दलित जात र उच्च जातले रमाई रमाई सहभोज गर्छन्।गाउँमा चौधरीको प्रतिष्ठा अझै उचो हुन्छ र आजकल न्यायका अडिग पक्षपाती र गरिवलाई सधैं सहायता गर्ने जमिन्दार चौधरीलाई गाउँलेहरुले देवता समान मान्छन्।


                                




Views: 217