31st October | 2020 | Saturday | 9:33:44 PM

गजल

संजिता बाँस्कोटा   POSTED ON : आश्विन ८, २०७७ (७:०३ PM)

गजल

एकसर्को मायामा मलाई एक झप्को निदाउन मन छ ।

एकदिनलाई भएपनि खुसी बनाउने आफैंलाई वचन छ ।।


तिम्रो भरोसाको बाँध सबै फुटेपछि मैले अठोट गरेकी हुँ,

सकेसम्म माथी चढ्छु, नसके उही मेरो भागको कफन छ ।।


यो सत्य हो छोरीले झैँ छोराले बा-आमाको पीडा बुझ्दैनन् 

छोरा टाढा भएर के भो त! हाम्रो साथ उस्ले खेल्ने आँगन छ।।


उम्किएको माछो ठूलो लाग्छ पछुतो भयो पक्कै आज उसलाई !

यति बुझ त्यो मान्छे जहाँ’नि बिक्छ जस्को बोलीमा वजन छ ।।


चरा उडेको देखेर त्यसरी नै उड्ने सपना देख्नु कल्पना न हो !

बास्तविकता,जति चलाउन सक्छ त्यही बलले चल्ने चलन छ ।।


धन दौलत यशोआराम मान्छेको भौतिक सुख मात्र हो।

मन त्यहीँ रमाउँछ जहाँ आत्म-सम्मान र अमन चयन छ ।


तिमीलाई लाग्यो बारम्बारको चोटले झुकाएर ल्याउछु खुट्टामा !

धन्यवाद, जिन्दगी झन् ईस्पात भयो अब ज्युने रहर सघन छ ।।


झापा 
हाल : काठमाडौं-३२
पेप्सिकोला

Views: 466