3rd December | 2020 | Thursday | 3:59:12 AM

जनताका लागि किन कोही बोल्दैनन् ?

  POSTED ON : कार्तिक २४, २०७७ (९:२४ AM)

जनताका लागि किन कोही बोल्दैनन् ?

नेकपाले नेतृत्व गरेको केपी ओली सरकार पूर्णरूपमा असफल भएको छ । एकपछि अर्का विवादित निर्णय गर्न अग्रसर सरकारविरुद्ध उसकै पार्टी लागेको छ । प्रतिपक्ष पार्टी सरकारको विरोध गर्न सकिरहेको छैन । सरकारमा सामेत दल नै सरकारको विरोधमा छ । सरकारलाई सफल या असफल बनाउने भन्ने कुरा मन्त्रीमण्डल र कर्मचारी तन्त्रमा निर्भर गर्छ । अहिले प्रम भनिरहेका छन् सरकारलाई चौतर्फी घेराबन्दी गरेर असफल बनाउन लागियो । के साँचिकै सरकारलाई असफल बनाउनै लागेको हो त ? सरकारलाई असफल बनाएर देश सफलतातिर लाग्छ त ?

सरकारले जनताको हितमा काम गर्न सकेन । जति सुकै समृद्धिको नारा लगाए पनि सरकारले जनताका लागि केही गर्न सकेन भन्ने प्रष्ट देखिएको छ । संविधानमै जनताका स्वाथ्यसम्बन्धी मौलिक अधिकारको व्यवस्था छ । तर यसबाट जनता वञ्चित भएका छन् । जनताले सरकारबाट जति आशा गरेका थिए त्यो पाउन सकेनन् । त्यसको एकछेउ पनि सरकारले गर्न सकेन । भिभिआइपीका लागि ४ अर्ब औषधोपचारमा खर्च गर्नसक्ने सरकारले गरिब जनताका लागि उपचार गर्न सक्दिन भन्न पाइन्छ ?

भिभिआइपीलाई अति विशिष्ट कक्ष छुट्याएर राखिएका छन् सरकारी अस्पतालहरूमा । तर, त्यहाँ उपचारका लागि कोही जाँदैनन् । साधारण रुघाखोकी लाग्यो भने सरकारी खर्चमा विदेश उपचार गर्न जान्छन् । सरकार गठन भएदेखि नै जनतामाझ अलोकप्रिय बन्दै गएको ओली सरकारको साख दिनानुदिन गिर्दो छ । पानीजाहाज र रेलको सपना बाँढ्ने सरकारले वर्षौंदेखि भत्किएका बाटा बनाउन सकेन । टँुडिखेलमा एक छाक भात खान लाइन बसेकाको समस्या बुभ्mन सकेन, उल्टो त्यहाँ खाना खुवाउनेलाई महानगरले रोक लगायो । आफू कोरोना संक्रमित हँुदा सोल्टीमा बस्ने महानगरका मेयर सापले गरिब जनताले एकछाक खान नपाएको पत्तो पाएनन् । धन्न हाम्रा जनप्रतिनिधि, धन्न हाम्रो सरकार । आफू पनि केही नगर्ने अरूले गरेको पनि देख्न नसक्ने ?

स्थानीय तहदेखि माथिसम्म नीतिगत भ्रष्टचार मौलाएको छ । सरकार जनताको समस्याभन्दा पनि आन्तरिक किचलोमा व्यस्त छ । कोरोना संक्रमित र मुत्युदर दैनिक बढेको छ । अस्पतालमा बिरामीको उपचार हँुदैन । उपचार नगर्ने अस्पताललाई सरकार कारबाही गर्न सक्दैन । अहिले सार्क राष्ट्रमा सबभन्दा बढी नेपाल कोरोना संक्रमित देखिएको छ । सरकारले अझ टेष्ट गर्न सकेको छैन । टेष्ट गर्ने हो भने पाइलैपिच्छे कोरोना बिरामी भेटिने सम्भावना छ । सरकार भने कानमा तेल हालेर बसेको छ । प्रमुख प्रतिपक्ष आफ्नै तालमा छ । सरकार आफ्नै तालमा छ । नागरिक समाज केही बोल्दैन । यस्तो संकटका बेला जनताका लागि कसले बोल्ने ?

पुरुषोत्तम घिमिरे 

जोरपाटी, काठमाडौं । 


Views: 215