6th December | 2020 | Sunday | 4:03:51 AM

कविता –तिमी अँध्यारोमा लुकेर बस

रञ्जुश्री पराजुली   POSTED ON : मंसिर ६, २०७७ (१०:२१ AM)

कविता –तिमी अँध्यारोमा लुकेर बस


छोरी तिमीमाथि आफन्तहरूले नै 

गिद्धे नजर लगाएर टाउको घुमाउँछन् । 

पानी थाप्न पँधेरो नजाऊ छोरी

तिमी र तिम्रो टल्किएको घल्चा

उभिन्डो बनाई बेपत्ता तुल्याउँछन् 

साथीहरूसँग घाँसपात गर्न पनी नजाऊ

सुकेका पातपत्करहरूले सम्म पनि

तिमीलाई सुरक्षित राख्दैनन् । 

काँधमा पुस्तकको झोला बोकेर

भविष्यमा स्वास्थ्य परिचारिका भई

सेवा गर्छु आफ्नै गाउँका निर्धनहरूको

भन्दै पाठ्शाला पुगेकी तिमी

 यहीँबाट वेपत्ता भयौ, हरायौ

घर आँगनलाई शून्य बनाउँदै

ऋामा–बाबालाई पीडामा डुबाउँदै ।

महिनांै बित्दा पनि तिम्रो पत्तो लागेन

लामो समयपछि तिम्रै मायालु टाटे कुकुरले

आफ्नै आँगनमा तिम्रो अंगको टुक्रो

आँसु झारेर कुरेर बसेको देख्दा

आँसुको भल हाम्रो बगिरहृयो ।

छोरी घरबाट बाहिर ननिस्क

तिमी जहीँ त्यहीँ असुरक्षित छौ

आफ्नैले समेत तिम्रो अस्मिता लुट्छन् 

अनि जीवन नै सिध्याउँछन् । 

(पराजुली वरिष्ठ बाल साहित्यकार हुनुहुन्छ ।) 


Views: 67