3rd December | 2020 | Thursday | 3:34:13 AM

कविता : हाम्रा फुटेका आँखा

अच्युतराज दाहाल   POSTED ON : मंसिर ६, २०७७ (१०:४९ AM)

कविता : हाम्रा फुटेका आँखा

नजिकका केही देखिँदैनन् 

तर टाढाका सहजै देखे

सहजै देखे, सभ्यताको पहिरन भिरेका

भ्रष्टाचारको प्वालमा छिरेका

सज्जन वर्ग, सुकिला मुकिला

प्रतिष्ठाको गफ हाक्दै

निर्दोषको छाती समात्ने,

आफ्नै वरिपरिकाको भरण पोषणमा लिप्त

बुद्धिजीवीहरू, राजनीतिकर्मीहरू, नव दरवारियाहरू

तर देखेनन् परिश्रम र पसिनाको

आदिम भूमिपुत्रहरू

असाधारण मान्छेहरू ।

हामीले विश्वयुद्ध देख्यौँ

फ्रेन्च रेभ्युलुसन पनि देख्याँै

सक्रेटष, प्लेटोको र

एरिस्टोटलको फिलोसोफी किङ देख्यौँ

हामीले केथोलिक्स र प्रोटेस्टेन्डको इतिहास देख्यौँ

लेनिनवाद, मावोत् से तुङको साम्यवाद क्रान्ति देख्यौँ

तर भूगोलको मान चित्रबाटै

मेटिँदै गएको रामबहादुरको रुन्छे अनुहार देखेनौँ ?

कामदार र मालिकबीचको शोषण,

ऋण र साहुबीच पिस्सिँदै गरेका 

‘मिन्स अफ एक्सप्लोप्टेसन’ देखेनौँ ?

श्रम शोषण, रोग, भोक अनि गाँस, बास, कपास 

र पदच्युतको त्रासमा दबेका आवाज सुनेनाँै, देखेनौँ ?

के देख्यौँ हामीले ?

र कहाँ देख्यौँ ?

सुन्तलीको छाप्रो जस्तो घर ?

सन्तवीरको कोटेराको जस्तो ओछ्यान ?

बिर्खमायाको टालेको भित्ता र 

रणबहादुरको फाटेको मन ?

निर्मलाको बलात्कृत लाश ?

उझेलीको निभेको चुलो ?

बेखा दाइका पहिरोले पुरिएका सन्तानहरू ?

............. ............ ......................?

तर,

हामीले प्रष्टै देख्याँै 

ताज महलको महŒव

आइफिल टावरको उचाइ 

नाइजेरिया फल्सको अस्तित्व

इजिप्टको पिरामिड र कला

सि जिङि पिङको ‘वान बेल्ट वान रोड’

भारतको एक्लिदो विदेश नीति 

बेलायतको उदाहरणीय प्रजातान्त्र

आफ्नाको पदीय भागबण्डा

अमेरिका, बेलायतका राजदूतावास 

सिंहदरबार, बालुवाटार, शीतल निवास,

खुमलटार, बालकोट, झम्सिखेल, बूढानीलकण्ठ,

भैंसेपाटी दरबार वरिपरि फोहोरमा भुनभुनाउने

झिँगा जस्ता भुइँमान्छेहरू ।

हामीले कहाँ देख्याँै ?

हलो, कुटो र कोदालोका पथ प्रदर्शक

कहाँ देख्याँै उज्यालाका नायकहरू

कहाँ देख्यौँ देशका सच्चा वैज्ञानिकहरू

अनि कहाँ देख्यौँ गरिबका डाक्टरहरू ?

जातो, ठेकी र सिङमाङको अस्तित्व

मठ, मन्दिर, गुम्बा आदिमा बुट्टा कुँधेर

भाषा, इतिहास र रगतको

गहिरो सम्बन्ध बनाउने ती अनुहारहरू ।

हामीले कहिले देख्यौँ ?

हाम्रा घरमा भित्रिने चामलका बोरा,

दूधका प्याकेट, तरकारीका सामग्रीमा

कति पसिना मिसिएको छ 

कहिले अनुसन्धान गर्यौं ?

ती भूमिगत अनुहारहरू

कुन सुरुङको सतहमा बिलाएका छन् ? 

हो !

हामी ती नजिकाका कुराहरू देख्दैनौँ,

समीपका दृश्यहरू बुझ्दैनाँै

हामी विस्वब्यापी र दार्शनिकका विचारक हौँ ।

हामी दिगो विकास,

आर्थिक समृद्धि,

उज्यालो नेपाल र

समानताको पथदर्शक हौँ,

हामी अहिंसा र सत्याग्रहको उद्योगपति हौँ,

हामी ताकत र अर्थनीतिको प्रमुख हौँ,

त्यसैले

हाम्रा फुटेका आँखाले कहाँ देख्छौँ

मिचिएको सिमाना,

हराएको माटो,

भत्किएको देश,

असहायहरूको चिलाउने घाउ,

निमुखाहरूको भोको पेट,

देशबासिहरूका स्खलित चाहनाहरू,

केही गरौँ भन्नेहरूको बलजफ्त प्रयासहरू,

सक्षमहरूका कठोर बाध्यताहरू,

देख्थ्यौँ बरु एक महाराज र पछिपछि अर्को युवराज 

देख्छौँ आज हजारौँ महाराज र पछिपछि त्यतिकै युवराज । 


Views: 273