मानिस दलित देखेकै छैन, सोच दलित हो

✍️ पवित्रा पोख्रेल   POSTED ON : असार १०, २०७८ (७:४१ AM)

मानिस दलित देखेकै छैन, सोच दलित हो

सामाजिक सञ्जालमा निकै किन चर्चा हुने र वटुल्ने गरेको छ जातीय विभेदले । मेरो घर कसलाई भाडा दिने/नदिने मेरो अधिकारको कुरा हो । सरकारले वा राज्यका कुनै निकायले बनाइदिएर मलाई बस्न दिएको हो मेरो घर ? मेरो देशमा कानुन फितलो नभएको भए जन्ताको पहुँचमा पुन्ने भए मेरो घरजग्गा बेच्दा मुनाफा कर लगाउने सरकार वा देशको प्रधानमन्त्रीलाई सुलीमा चढाउने थिए ।

जुन सरकार आफ्ना जनतालाई नैसर्गीक अधिकारबाट वञ्चित गर्छ, भोकै विपद्मा जनतालाई कोठामा मर्न बाध्य पार्छ, स्वास्थ्यमा जन्ताको पहुँच नपुगेर अकालमै मर्नुपरेको छ । अभिभावकीय जिम्मेवारीबाट पर हटेको यो सरकार ले कर लिने पनि अधिकार छैन । 

मेरो पसिना चुहाएर कमाएको सम्पक्तिमा अघिकार जमाउनु कति लाजमर्दो कुरा हो ? राज्यले सुनिश्चित गर्नुपर्ने कुरामा जन्ताको व्यक्तिगत कुरामा जोडनु गैरजिम्मेवारी र वा-वा को लागि उठान गरेको देख्दा अचम्म लाग्यो । ती व्यक्तिलाई सोध्नमन लाग्यो तिम्रो निजी सम्पत्ति र जीवन एकै हो ? कसैको आवस्यक्ता पूरा गर्नलाई माग ग¥यो भने दिनै पर्छ भन्ने छ ? मैले मानिस दलित देखेकै छैन, सोच दलित हो ? मैले खैरे गोरोलाई सम्मान र कालालाई हेला गरेको देखेको छु ।

एउटै परिवारमा पुरुषलाई सम्मान र महिलालाई त्यही परिवारभित्रै अपमान गरेको देखको छु । आवाज त यस्ता परिवारमा समान अधिकारका लागि कडा रूपमा जातीय विभेद अन्त्य गर्नका लागि उठान गर्नै पर्ने भइसक्यो होइन र ? आफू कर्म गर्न पछि हट्ने अरूको मिहिनेतमा आँखा लगाउने ? समाज सकरात्मक सन्देस दिने खालको होस् महिलाले गर्दा महिलाकै सम्मानमा ठेस नपुगोस् चेतना भया.. । 

हाल-बु.न.पा-१०, कपन


Top