अष्ट्रेलियाबाट कांग्रेसलाई चिठी

हिमालय टाइम्स   POSTED ON : आश्विन १०, २०७८ (७:५९ AM)

अष्ट्रेलियाबाट कांग्रेसलाई चिठी

आदर्णीय महामन्त्रीज्यू, 

नेपाली कांग्रेस, केन्द्रीय कार्यालय

काठमाडौं, नेपाल ।

विषय : क्रियाशील सदस्यको विवरण र शुल्क बुझाइएको बारे । 

उपरोक्त सम्बन्धमा तपाईंबाट प्राप्त निर्देशनको आधारमा, अष्ट्रेलियाका सबै राज्य समितिका साथीहरू र अग्रज डेमोक्र्याटिक साथीहरूसँको व्यापक छलफलबाट, नेपाली कांग्रेस पार्टीको विधान र नियमावलीनुसार योग्यता पुगेका साथीहरूको आवेदननुसार सदस्यता विवरण र सदस्यता शुल्क नेपाली जन सम्पर्क समिति अष्ट्रेलियाद्वारा तोकिएबमोजिमको बैंक खातामा जम्मा गरिएको छ । जम्मा ५३७ नयाँ सदस्यता र ७१ नवीकरण गरी ६०८ जनाको सदस्यता शुल्क अष्ट्रेलीयन रकम ४,२८,२७० (२८ लाख रुपैयाँभन्दा बढी) नेपाली जन सम्पर्क समिति अष्ट्रेलियाले तोकेको खातामा जम्मा गरिएको छ । 

सम्पूर्ण विवरण र बैंक दाखिला रसिद नेपाली जन सम्पर्क समिति अष्ट्रेलियालाई इमेलमार्फत बुझाइएको छ र सोही विवरण तथा प्रमाण यस इमेलमा आबद्ध गरिएको छ । नेपली कांग्रेस पार्टीको विधाननुसार योग्यता पुगेका आवेदकलाई क्रियाशील सदस्यता प्रदान गरिदिनु हुन अनुरोध गर्दछौं ।

निवेदकहरू :

नेपाली जन सम्पर्क समिति अष्ट्रेलिया :

१. एन. एस. डब्लु. राज्य समिति संयोजक इथान शाक्य ।

२. भिक्टोरिया राज्य समिति संयोजक विनित शर्मा ।

३. क्युन्स्लाण्ड राज्य समिति संयोजक हरि डिसी ।

४. साउथ अष्ट्रेलिया राज्य समिति संयोजक प्रेम पाठक । 

५. ए.सि.टि.राज्य समिति संयोजक अशोक सुवेदी । 

६. नोर्धन टेरिटोरी राज्य समिति संयोजक सविन बराल ।

७. टास्मेनिया राज्य समिति संयोजक रमेश श्रेष्ठ ।


Top