नेपाली कांग्रेस काठमाडौको सभापतिमा कार्की नै किन ?

  POSTED ON : मंसिर ११, २०७८ (८:३१ PM)

नेपाली कांग्रेस काठमाडौको सभापतिमा कार्की नै किन ?

राष्ट्रियता, लोकतन्त्र र समाजवाद मूल मर्म रहेको नेपाली कांग्रेस अहिले चौधांै महाधिवेशनको महाअभियानमा होमिएको छ । यही क्रममा काठमाडौं कांग्र्रेसले पनि आगामी केही दिनमा नेतृत्व पाउँदैछ । अहिले संस्थापन पक्ष र कृष्णप्रसाद सिटौला पक्षले काठमाडौ क्षेत्र नम्बर–२ का निवर्तमान सभापति उपेन्द्र कार्की नेतृत्व प्यानल र प्रकाशमान सिंहले निवर्तमान नेपाली कांग्रेस सभापति सबुजकृष्ण बानियाँ प्यानल बनाएर मैदानमा उतारेको छ ।

नेपाली कांग्रेसका लागि काठमाडौंको सभापति पदले महत्वपूर्ण स्थान राख्दछ किनकि एउटै काठमाडौं जिल्ला लगभग ६० लाख मानिसको जनघनत्व भएको नेपालको राजधानी हो, जहाँ एउटै जिल्लाले १० वटा संघीय निर्वाचन क्षेत्र रहेका छन् । जसले नेपाली कांग्रेसको काठमाडौं जिल्लाको नेतृत्व लिन्छ उसले पार्टीको केन्द्रीय स्तरसम्म नै प्रभाव पार्दछ । यस्तो महŒवपूर्ण स्थानको पार्टीको सभापति र पदको गरिमा अनि जिम्मेवारीको जति व्याख्या गर्दा कांग्रेसका लागि कमी नै रहन्छ । 

काठमाडौंलाई उपेन्द्र कार्कीको नेतृत्व किन त भन्ने प्रसंगमा भ्रष्टाचार र अराजकतामा चुर्र्लुंम डुबेका कम्युनिष्टहरूबाट रिलिफ दिनका लागि पनि जनतालाई एउटा सशक्त उम्दा नेपाली कांग्र्रेस काठमाडौं जिल्ला नेतृत्व चाहिएको छ । जसले हेर्न सक्ने, देख्न सक्ने, सुन्न सक्ने र अनुभव गर्न सक्ने नेपाली कांग्रेस निर्माण गर्न सकोस् । हो यही अभावलाई परिपूर्ति गर्न नेपाली कांग्रेसको पारिवारिक विरासत बोकेका युवा नेता, कुशल संगठक, पूर्णकालीन वैचारिक राजनीतिज्ञ रहनु भएका कार्की प्रतिबद्ध भएर लाग्नुभएको छ । 

वैचारिकतामा अब्बल, पारदर्शिता र परिवर्तनको शंखघोष गर्दै सामाजिक न्याय, जनजीविका र विकासका सवालमा खरो रूपमा उत्रन सक्ने व्यक्तित्वको रूपमा पहिचान बनाउनु भएएको हुँदा नेपाली कांग्रेस काठमाडौं जिल्लाको आसन्न चौधौं महाधिवेशनमा सभापतिको उम्मेदवारको रूपमा मैदान हुनुहुन्छ ।

उपेन्द्र कार्कीको काठमाडौं क्षेत्र नं–२ को विगत दुई कार्यकाल र त्यसभन्दा अघिका विद्यार्थी संघ र तरुणदल कार्यकाल हेर्दा उहाँले आफ्नो राजनीतिक धरातल क्रमिक रूपमा मजबुत र दरिलो बनाउँदै अघि बढेको देखिन्छ । जुन उहाँमा सबल नेतृत्व स्थापित गराउन कासेढुंगा सावित हुनुभएको छ । उहाँको सबैभन्दा फरक र सबैले अनुशरण गर्न लायक पक्ष भनेको सहिष्णुताको राजनीति प्रकट गर्नु नै हो । जुन अहिलेको समकालीन राजनीतिमा दुर्लभ मानिन्छ । 

कार्कीकै सांगठनिक चातुर्य र लगावले तत्कालीन अवस्थामा आन्तरिक खिचातानीले मृत्युशैøयामा पुगेको नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. २ ले तृण पाएर २०७२ सालको संविधानसभाको चुनावमा सो क्षेत्रबाट दीपकप्रसाद कुइँकेल निर्वाचित गराउने धेय कार्की नै हो । लौह पुरुष गणेशमान सिंहलाई आफ्नो आदर्श मान्ने मृदुभाशी, सरल, अध्यनशील र शिक्षित नेता कार्कीलाई आसन्न नेपाली कांग्रेस काठमाडौं जिल्ला अधिवेशनमा सभापति जिताएर सशक्त, गतिशील र नतिजामुखी नेतृत्व स्थापित गराउनु हामी काठमाडौंका सम्पूर्ण नेता, कार्यकर्ताको जिम्मेवारी हो । नेपाली कांग्रेस काठमाडौं नेतृत्व धेरै महŒवपूर्ण यो मानेमा छ कि अबको ५÷६ महिनामा स्थानीय निर्वाचन अनि लगभग एक वर्षभित्र संघ र प्रदेशको आमनिर्वाचन हुँदै छ । यसैलाई अधार मानी नेपाली कांग्रेस काठमाडौंबाट क्षेत्रीय प्रतिनिधिहरूसँग सविनम्र अनुरोध गर्दै कार्कीलाई जिताउन हार्दिक अनुरोध गर्दछु । जय नेपाल


पुष्कर निरौला

उपसभापति, नेपाली कांग्रेस

कागेश्वरी–मनोहरा–६ ।

Top