नव निर्वाचित युवा महामन्त्रीलाई बधाई तथा सुझावसहितको शुभकामना !

सनातन रेग्मी   POSTED ON : पुष २, २०७८ (३:३९ PM)

नव निर्वाचित युवा महामन्त्रीलाई बधाई तथा सुझावसहितको शुभकामना !

भर्खरै सम्पन्न पार्टी केंद्रीय सभापतिको निर्वाचनमा देखिएको गुटगत फेरबेदलले निरास कार्यकर्तालाई गगन र विश्व प्रकाशको महामन्त्री पदमा अभूतपूर्व विजय हासिल गरेबाट केही राहत मिलेको छ । 

अव उप्रान्त नेतृत्व बर्गको स्वेच्छाचारी र अविवेकी गतिविधि–निर्णय आदिलाई नियन्त्रण गरि नेतृत्व वर्गलाई समेत पुनर्ताजगी गराई समग्र पार्टीमा नयाँ ऊर्जा प्रदान गराउनु नै हुनेछ भन्ने कुरा यहाँ दोहोर्याइरहनु सान्दर्भिक नहोला ।

तपाईहरु दुवै जना विद्यार्थी राजनीतिको नेतृत्व तह हुँदै सांसद मन्त्री र अहिले महामन्त्रीको पदमा पुग्नु भएमा ज्यादै हर्षित अनि पुलकित छौं । 

यो खुशी म जस्ता तपाईसंग फोटो खिचाएर सामाजिक संजालमा पोस्ट गर्ने ब्यक्ति मात्र नभई, रेडियो टेलिभिजनमा तपाईलाई सुनेर, तपाईको आशा र भरोसालाई बिश्वास गर्दै आएका आम कांग्रेसी जन भित्र एउटा उर्जा पक्कै पलाएको छ ।

देशभरका हरेक कांग्रेसीले तपाईलाई देखेका, बोलेका पक्कै छैनन् तर पनि कांग्रेसलाई गति दिने अनि बेलाबखद बाटो विराएको कांग्रेसलाई सही बाटोमा हिडाउन सक्ने भरोसा भएको एक व्यक्ति तपाई हुन सक्नु होला भन्ने विश्वास लिएरै तपाईप्रति विश्वास गरेका छन् । कांग्रेस कार्यकर्ता निरास भएको बेला कार्यकर्ताको आवाज बोलिदिने नेताका रुपमा पनि तपाईलाई परिचित हुनु हुन्छ ।

तपाई आफ्नो निर्वाचन क्षेत्रमा आउँदा होस् वा अन्य जिल्ला जाँदा होस्, आफ्नो वरिपरि रहने कार्यकर्ताबाट मात्र घेरिएर नबस्नुहोस  । त्यो घेरालाई तोडेर, त्यहाँका स्थानीय जनताहरुसंग पनि भिज्नुहोस् । अन्तरक्रिया गर्नुहोस । उनीहरुको सुख दुख के छ आफै बुझ्नुहोस्  ।आफना वरिपरिका चाटुकारहरुलाई भरमग्दुर प्रयोग गर्नुहोस् तर उनीहरुलाई आम जनतालाई भन्दा बढी बिश्वास नगर्नुहोस् । 

६२–६३ सालमा आम जनता ले आशा भरोसा गरेका प्रचण्ड हुन् कि गत आम चुनावमा झन्डै दुई तिहाई भोट ल्याएर शक्तीशाली बनेका ओली, आफ्नै वरिपरीका चाटुकारको गलत सल्लाहको कारणले कति चाँडै पतन र अलोकप्रिय भए, उनीहरुबाट पाठ सिक्नुहोस् ।

तपाईले काठमाडौ क्षेत्र ४ का जनता बाट मत माग्नु भयो । बहुमत दिएर सांसद बनाए । तपाईको अस्ती भर्खरको अवधारणा पत्र सार्वजनिक गर्दै “नेपाली जनताको जीवन स्तर सुधार्ने कांग्रेसले हो र बाटो बिराएको कांग्रेस सुधार्ने हामी जस्ता युवा नेता ले हो“ भन्ने तपाईको अभिव्यक्तिबाट प्रभावित भएर, देशै भरिका प्रतिनिधिहरूले तपाईलाई महामन्त्री जÞस्तो शक्तिशाली पदमा बहुमतले निर्वाचित गराए ।

तपाईले आम कांग्रेसीजनसंग माग्नु पर्ने सबै कÞुरा सकियो । अब तपाई र तपाईले नेतृत्व गरेको पार्टीले आम कांग्रेसीजन, तपाईको मतदाता विशेषतः काठमांडौ क्षेत्र ४ का ऊर्जावान युवा, जो तपाईको आश्वासन र भरोसामा कांग्रेस पार्टी अझ भनौँ तपाईको लागि आफ्नो अमूल्य समय समर्पण गरिदिएका थिए र गरीरहेका छन् । उनीहरू र उनिहरु जस्ता देशैभरकÞा जनताको लागी आगामी कÞेही बर्ष भित्र मै लागु गर्न सकिने गरी, निशुल्क गुणस्तरीय स्वास्थ र सम्पूर्ण नेपाली लाई स्वास्थ बिमा, निशुल्क गुणस्तरीय शिक्षा र प्रत्येक शिक्षित ब्यक्तीलाई उचित रोजगारको ब्यवस्था गरिदिने नीति कांग्रेस पार्टी भित्र परिपालन गरिदिनु नै हुनेछ भन्ने आशा सहित, तपाई र समकालीन जुझारू विश्वप्रकाशलाई महामन्त्री पदमा बिजय प्राप्त गर्नुभएकोमा बधाईसहित सफल कार्यकालको हार्दिक मंगलमय शुभकामना ! 

                                                                                              जय नेपाल 

सनातन रेग्मी 

निर्वाचन क्षेत्र -४ 

कामनपा –७ 

मैजुबहाल, चाबहिल


Top