5th March | 2021 | Friday | 8:24:43 AM

बहस लम्बिने भएपछि कानुन व्यवसायीहरूका लागि समय निर्धारण

  POSTED ON : माघ ७, २०७७ (१२:१६ PM)

बहस लम्बिने भएपछि कानुन व्यवसायीहरूका लागि समय निर्धारण

काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा बहस लम्बिने देखिएपछि सर्वोच्च अदालतको संवैधानिक इजलासले कानुन व्यवसायीहरूका लागि समय सीमा तोकेको छ । बुधबारदेखि इजलासले समय निर्धारण गरेको हो । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले सुनुवाइमा सहभागी हुने कानुन व्यवसायीहरूका लागि समय निर्धारण गरिएको जानकारी दिएका हुन् । सबै पक्षका कानुन व्यवसायी गरेर ३ सय ६३ जना रहेको इजलासमा तीन दिनको सुनुवाइमा जम्मा १० कानुन व्यवसायीले मात्रै बहस गरेका छन् । अधिवक्ता चन्द्रकान्त ज्ञवालीलाई बहस ३० मिनेटमा सक्न प्रधानन्यायाधीशले भनेका छन् भने सबै वकिललाई यति नै समय दिइन्छ कि फरक-फरक हुन्छ भन्नेबारे खुलेको छैन ।


Views: 81