2nd March | 2021 | Tuesday | 8:01:16 AM

विघटनसम्बन्धी राजपत्रको सूचना इजलासमा पेश

  POSTED ON : माघ ९, २०७७ (१२:३० PM)

विघटनसम्बन्धी राजपत्रको सूचना इजलासमा पेश

काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी राजपत्रमा प्रकाशित सूचना संवैधानिक इजलासमा पेश भएको छ । इजलासले राजपत्र पेश गर्न दिएको आदेश बमोजिम महान्यायाधिवक्ता अग्नि खरेलले राजपत्र पेश गरेका हुन् । बिहीबार रिट निवेदक अधिवक्ता टिकाराम भट्टराईले राष्ट्रपतिबाट प्रतिनिधिसभा विघटन भएको सूचना राजपत्रमा प्रकाशित नभएको भन्दै त्यसको वैधानिकतामाथि प्रश्न उठाएका थिए । 

Views: 68