कांग्रेसको महाधिवेशन रोक्न माग गर्दै परेको रिट सर्वोच्चद्वारा खारेज

हिमालय टाइम्स   POSTED ON : भदौ २४, २०७८ (५:३५ PM)

कांग्रेसको महाधिवेशन रोक्न माग गर्दै परेको रिट सर्वोच्चद्वारा खारेज

काठमाडौं । सर्वोच्च अदालतले कोरोना महामारीका बेला नेपाली कांग्रेसको महाधिवेशन नगर्न माग गर्दै दायर भएको रिट खारेज गरिदिएको छ ।

कांग्रेस बागमती प्रदेश सभा सदस्य रहनु भएको नरोत्तम वैद्यले कोरोना महामारीका कारण महाधिवेशन गर्न उपयुक्त समय नभएको बताउँदै गत हप्ता दायर गरेको रिट न्यायाधीश अनिलकुमार सिन्हाको इजलासले खारेज गरेको सर्वोच्च अदालतको वेबसाइटमा उल्लेख छ ।

 पटक–पटक मिति सर्दै आएको कांग्रेसको केन्द्रीय महाधिवेशन मंसिर ९ देखि १३ गतेसम्म गर्ने तयरी छ भने वडा अधिवेशन शुक्रबारदेखि सुरू भइसकेको छ ।  नगर÷गाउँ पालिकाको महाधिवेशन आगामी २७ गते हुँदैछ ।


Top