एमाले अध्यक्ष ओलीले दायर गरेको मुद्दाको आज सुनुवाई हुँदै

  POSTED ON : भदौ २८, २०७८ (११:०३ AM)

एमाले अध्यक्ष ओलीले दायर गरेको मुद्दाको आज सुनुवाई हुँदै

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको रिटमा आज सुनुवाइ हुँदैछ । नेकपा एकीकृत समाजवादीको दर्ता प्रक्रिया नै अवैध रहेको दाबी गर्दै  अध्यक्ष ओलीले रिट दायर गर्नु भएको थियो । न्यायाधीशहरू दीपक कार्की र मीरा खड्काको इजलासमा हुने बहसले अन्तरिम आदेश दिने या नदिने टुंगो लगाउने जनाईएको छ ।  आफूले कारबाही गरेका १४ जना सांसदलाई पदमुक्त नगरी सभामुख अग्नि सापकोटाले गैरकानुनी काम गरेको र तिनै व्यक्तिको सनाखतबाट नयाँ दल दर्ता भएको भन्दै एमाले अध्यक्ष केपी ओलीले रिट दायर गर्नु भएको थियो ।

ओलीले सभामुख अग्निप्रसाद सापकोटा र निर्वाचन आयोगलाई समेत विपक्षी बनाएर दायर गरेको रिटमा सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको इजलासले अन्तरिम आदेशका लागि छलफल गर्न आज दुवै पक्षलाई बोलाएको हो ।

Top