सभामुख र निर्वाचन आयोगविरुद्ध ओलीले दायर गरेको रिटमाथिको आजको सुनुवाई ‘हेर्न नभ्याईने’ मा

हिमालय टाइम्स   POSTED ON : भदौ २८, २०७८ (२:५० PM)

सभामुख र निर्वाचन आयोगविरुद्ध ओलीले दायर गरेको रिटमाथिको आजको सुनुवाई ‘हेर्न नभ्याईने’ मा

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटा र निर्वाचन आयोगलाई समेत विपक्षी बनाई सर्वोच्च अदालतमा छुट्टाछुट्टै तीन वटा दायर रिटमाथिको आजको सुनुवाइ हेर्न नभ्याइनेमा परेको छ ।

एमालेले माधवकुमार नेपालसहित १४ सांसदलाई गरेको कारबाही कार्यान्वयनको माग गर्दै अध्यक्ष केपी शर्मा ओलीले रिट दायर गर्नुभएको थियो ।

सर्वोच्च अदालतले उक्त मुद्दा आज न्यायाधीशद्वय दीपककुमार कार्की र मीरा खड्काको इजलासमा राखेको थियो।

सोमबार दिउँसो उक्त मुद्दा आज हेर्न नभ्याइनेमा राखिएको सर्वोच्च अदालतको वेबसाइटमा उल्लेख छ ।

एमालेले १४ सांसदलाई कारबाहीको सूचना सभामुखलाई दिएको थियो ।  तर सभामुख सापकोटाले एमाले सांसदका रूपमा प्रतिनिधिसभामा १२१ सांसद र राष्ट्रिय सभामा ३३ सांसद रहेको जानकारी निर्वाचन आयोगलाई पठाउनु भएको थियो । जसका कारण पछिल्ला दिनमा एमालेले संसदका दुवै सदन अवरुद्ध गर्दै आएको छ ।


Top