१४ सांसदबारे एमाले अध्यक्ष ओलीले दायर गरेको रिट हेर्दाहेर्दैमा

हिमालय टाइम्स   POSTED ON : आश्विन ४, २०७८ (४:५४ PM)

१४ सांसदबारे एमाले अध्यक्ष ओलीले दायर गरेको रिट हेर्दाहेर्दैमा

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी ओलीले निर्वाचन आयोगसमेतलाई विपक्षी बनाइ दायर गरेको रिटको सुनुवाइ हेर्दाहेर्दैमा राखिएको छ ।

एमालेले निष्कासन गरेका १४ जना सांसदलाई पदमुक्त नगरी सभामुखले गैरकानुनी काम गरेको र तिनै व्यक्तिको सनाखतबाट निर्वाचन आयोगले नेकपा (एकीकृत समाजवादी) दर्ता भएको भन्दै परेको मुद्दाको सोमबार भएको सुनुवाइ हेर्दाहेर्दैमा राखिएको हो ।  यसको सुनुवाई मंगलबार हुनेछ ।

एमाले अध्यक्ष ओलीले दर्ता गरेको रिट निवेदन न्यायाधीशद्वय दीपक कार्की र कुमार चुडालको संयुक्त इजलासमा पेसी तोकिएको थियो ।

एमालेले माधवकुमार नेपालसहित १४ सांसदलाई निष्कासन गरेको पत्र १ भदौमा संसद् सचिवालय र निर्वाचन आयोगमा पठाएको थियो ।

सभामुख अग्निप्रसाद सापकोटाले एमालेले कारबाही गरेका सांसदलाई निष्कासन गरेको सूचना टाँस गर्नुभएको थिएन ।

आफू गरेको १४ सांसदको कारवाहीलाई मान्यता नदिने सभामुख सापकोटाको निर्णय बदर हुनुपर्ने माग राखी एमाले अध्यक्ष ओलीले सर्वोच्चमा रिट दिनु भएको थियो ।


Top