प्रधानन्यायाधीशविरूद्ध आज सर्वोच्चदेखि बालुवाटारसम्म मार्चपास हुने, आजै फूलकोर्ट बैठक बस्दै

  POSTED ON : मंसिर ९, २०७८ (११:२९ AM)

प्रधानन्यायाधीशविरूद्ध आज सर्वोच्चदेखि बालुवाटारसम्म मार्चपास हुने, आजै फूलकोर्ट बैठक बस्दै

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको राजिनामा माग गर्दै आन्दोलनरत नेपाल बार एसोसिएसन र अन्य पेशागत संघसंस्थाले आज संयुक्त रुपमा ‘न्याय मार्चपास’ गर्दैछन् । मार्चपास दिउसो दिउँसो २ बजे गर्ने कार्यक्रम रहेको छ । नेपाल बार, सर्वोच्च बार,बृहत् नागरिक आन्दोलन, नेपाल शिक्षक महासंघ,  नेपाल पत्रकार महासंघ, नेपाल इन्जिनियर्स एसोसिएसन, नेपाल जनस्वास्थ्य संघ र नेपाल आदिवासी जनजाति महासंघको आयोजनामा मार्च पास हुने जनाइएको छ ।

यता सर्वोच्चमा भने आजकै लागि फुलकोर्ट अर्थात पूर्ण बैठक बस्ने तयारी भइरहेको छ । प्रधानन्यायाधीश जबराबाहेकका न्यायाधीशहरुबीच बुधबार भएको छलफलले विहीबार १ बजेका लागि पूर्ण बैठक बस्ने विषयमा छलफल भएको थियो । विहीबारको बैठकले गोलाप्रथाबाट पेशी तोक्ने निर्णय गर्नेछ । यसअघि न्यायाधीशहरुको बैठकले आउँदो १५ गतेदेखि गोलाप्रथाबाट इजलास गठन गर्ने निर्णय गरिसकेको छ ।


Top