सर्वोच्चमा मंसिर १५ गतेदेखि गोलाप्रथा लागू गर्ने निर्णय

हिमालय टाइम्स   POSTED ON : मंसिर ९, २०७८ (३:२१ PM)

सर्वोच्चमा मंसिर १५ गतेदेखि गोलाप्रथा लागू गर्ने निर्णय

काठमाडौं । सर्वोच्च अदालतमा मंसिर १५ गतेदेखि गोलाप्रथा प्रणालीबाट पेशी तोक्ने निर्णय भएको छ। 

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा बाहेक सर्वोच्च अदालतका न्यायाधीशहरुको बिहीबार बसेको पूर्ण बैठक (फुल कोर्ट) बैठकले मंसिर १५ गतेदेखि गोलाप्रथा प्रणाली लागू गर्ने निर्णय गरेको हो। 

यसअघि सर्वोच्च अदालतको पूर्ण बैठकले गोला प्रथाबाट इजलास तोक्न सक्ने गरी सर्वोच्च अदालत नियमावली संशोधन गरेको थियो । संशोधित नियमावली राजपत्रमा प्रकाशित भइसकेको छ ।

यसअघि सर्वोच्च अदालतमा प्रधानन्यायाधीशले इजलास गठन र मुद्दाको पेशी तोक्ने गरिएको थियो ।


Top