30th September | 2020 | Wednesday | 5:09:43 AM

निश्चल– स्वस्तिमालाई आदर्श जोडी सम्मान

हिमालय टाइम्स   POSTED ON : श्रावण १५, २०७६ (११:३२ AM)

निश्चल– स्वस्तिमालाई आदर्श जोडी सम्मान

काठमाडौं । आउँदै गरेको तीज पर्वको अवसरमा नेपाली चलचित्र क्षेत्रका रियल जोडी निर्देशक तथा नायक निश्चल बस्नेत र नायिका स्वस्तिमा खड्कालाई ‘आदर्श जोडी सम्मान’को शीर्षकमा सम्मान गरिने भएको छ । जावलाखेलमा आयोजना हुन लागेको ‘तिज माइती मेला तथा सम्मान २०७६’ कार्यक्रममा ललित ब्युटिसियन बहुद्देश्यीय सहकारी संस्था लिमिटेड र ललित फरिया घरले सम्मान गर्न लागेको हो । 

‘तीज माइती मेला तथा सम्मान’ कार्यक्रम तीन दिनसम्म चल्ने आयोजक संस्थाकी अध्यक्ष मीनाकुमारी रिमालले बताएकी छन् । उनका अनुसार, यही साउन १६ गतेदेखि १८ गतेसम्म जावलाखेलमा रहेको स्टिल टावर अगाडिको चौरमा कार्यक्रम हुनेछ । कार्यक्रमको उद्घाटन साउन १६ गते दिउँसो साढे ३ बजे ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले गर्नेछन् । 

विगत ६ वर्षदेखि ‘तीज माइती मेला तथा सम्मान’ कार्यक्रम गर्दै आएको ललित ब्युटिसियन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले हरेक वर्षको तीजमा विभिन्न सांस्कृतिक कार्यक्रमसँगै एक आदर्श जोडीलाई पनि सम्मान गर्दै आएको छ ।


Views: 232

सम्बन्धित सामग्री:

ओस्करमा नेपाली फिल्मको आहृवान

: आश्विन १३, २०७७ (८:३० AM)

सफल चलचित्र निर्देशक दिवाकर

: आश्विन १३, २०७७ (८:२८ AM)