29th September | 2020 | Tuesday | 5:02:04 PM

कबड्डी ३ को आशामा फिल्महल

हिमालय टाइम्स   POSTED ON : आश्विन १, २०७६ (१०:०५ AM)

कबड्डी ३ को आशामा फिल्महल

काठमाडौं । नेपाली हलहरूले खुशी हुने चलचित्र नपाएको धेरै भइसक्यो अर्थात् भरिभराउ दर्शक हुने चलचित्र नपाउँदा हलहरू सुख्खा जस्तै भएका छन् । वर्षमा एक अथवा दुई नेपाली चलचित्रबाट मात्र नेपालीहल सन्तुष्ट हुन्छन् । अन्य समयमा विदेशी चलचित्रकै भर पर्नुपर्ने अवस्था छ । े

गत केही सातायता बलिउडको चलचित्र ‘साहो’ले राहत थियो । यस्तै अब हलहरू आउँदै गरेको दशैँ तथा तिहार पर्वमा आउने चलचित्रको कुराइमा छन् । गत जेठमा प्रदर्शन भएको ‘जात्रै जात्रा’ पछि नेपाली हलहरू खुशी हुन पाएका छैनन् ।

यसैबीच चलचित्र ‘कबड्डी’को सिरिजलाई पनि विशेषरूपमा हेरिँदै आएको छ । चलचित्रले सुरुवातका दिनदेखि नै दर्शकको मन जित्दै आएको छ । यसअर्थमा पनि यो चलचित्रको तेस्रो सिरिज ‘कबड्डी कबड्डी कबड्डी’मा दर्शक ओइरिहे अनुमानले हलमा अग्रीम बुकिङसमेत खुलाइएको छ । 

नेपालको सबैभन्दा बढी चेन भएको क्युएफएक्स सिनेमाज्ले सर्वाधिक सोज बाँडेको छ । काठमाडौंको पाँच स्टेशनमा चलचित्रलाई ३७ शो दिइएको छ । यसअघि कुनै नेपाली फिल्मले यो संख्यामा सोज पाएका थिएनन् । 

यसअघि क्युएफएक्स चेनमा सर्वाधिक सोज चलचित्र ‘छक्का पञ्जा ३’ ले पाएको थियो, जसले ३१ सोजमा प्रदर्शन सुरु गरेको थियो । त्यस्तै, ‘कबड्डी कबड्डी कबड्डी’लाई क्युएफएक्सले मोफसलको आफ्नो चार स्टेशनमा २७ सोज बाँडेको छ । चलचित्रको व्यापारिक हिसाबमा मुख्य कारक मानिएको क्युएफएक्स चेनले फिल्मलाई आफ्नो देशभरका ९ वटा हलमा कुल ६४ सोज दिएको छ ।

रामबाबु गुरुङले निर्देशन गरेको यो चलचित्रमा अभिनेता दयाहाङ राई, अभिनेत्री उपासना सिंह ठकुरी, अभिनेता कर्मा शाक्य, विल्सनविक्रम राई, बुद्धि तामाङ, माओत्से गुरुङ, विजय बराल, रिश्मा गुरुङ, कमलमणि नेपाल, अरुणा कार्कीलगायत कलाकारको अभिनय छ । चलचित्रमा कथा निर्देशक गुरुङ र उपेन्द्र सुब्बाले तयार पारेका हुन् । चलचित्र आउँदो शुक्रबारबाट प्रदर्शनमा आउँदैछ ।


Views: 197

सम्बन्धित सामग्री:

ओस्करमा नेपाली फिल्मको आहृवान

: आश्विन १३, २०७७ (८:३० AM)

सफल चलचित्र निर्देशक दिवाकर

: आश्विन १३, २०७७ (८:२८ AM)