15th August | 2020 | Saturday | 4:14:11 AM

अञ्जलिलाई भारतमा ‘मोडल अफ द इयर’को उपाधि

  POSTED ON : आश्विन १०, २०७६ (४:१० PM)

अञ्जलिलाई भारतमा ‘मोडल अफ द इयर’को उपाधि

काठमाडौं (हिटा) । भारतमा सम्पन्न दशौं संस्करणको ‘भोग ब्युटी अवार्ड’मा नेपाली मोडल अञ्जलि लामाले ‘मोडल अफ द इयर’को उपाधि हात पारेकी छन् । भारतमा बसेर मोडलिङमा सक्रिय रूपमा लागिरहेकी मोडल अञ्जलि अवार्ड पाएकोमा फेसबुकमार्फत खुशी व्यक्त गरेकी छन् ।

उनले लेखेकी छन्, ‘धेरै पटकको असफलता र पराजयपछि यो अवार्ड मेरो लागि प्रेरणा बन्नेछ । धन्यवाद भोग ।’ उनी भारतको ब्युटी क्याम्पेन ल्याक्मेकी पहिलो ट्रान्सजेन्डर मोडल हुन् । अवार्ड समारोहमा बलिउड कलाकारहरु शर्मिला टैगोर, आलिया भट्ट, सारा अलि खान, शिल्पा सेठ्ठी, शाहिद कपुर, सनी लियोनलगायतको उपस्थिति थियो ।


Views: 177