15th August | 2020 | Saturday | 4:49:31 AM

पोष्टरमा मखमली मखमली

हिमालय टाइम्स   POSTED ON : आश्विन २७, २०७६ (१०:२० AM)

पोष्टरमा मखमली मखमली

काठमाडौं । आउँदो मंसिर १३ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘मखमली मखमली’को रिलिज मिति घोषणासँगै पोष्टर पनि सार्वजनिक गरिएको छ । चलचित्र सावित्रा चिलुवालले निर्माण गरेकी हुन् ।

यसअघि चलचित्र मखमली निर्माण भएको थियो । मखमलीले सिंगल थिएटरमा ठिकै व्यापार गरेको थियो । मखमलीको सिक्वेलको रूपमा अभिनेत्री निर्माता शुभेच्छा थापाले मखमली मखमली निर्माण घोषणा गरिन् । तर समयमा चलचित्र छायांकन नभएपछि यो चलचित्रमा निर्माताको रूपमा सावित्रा आबद्ध भएका हुन् ।

प्रदर्शनको मिति तयसँगै रिलिज गरिएको दुईवटा पोष्टरमा अभिनेता जयकिशन बस्नेत र अभिनेत्री शुभेच्छा थापालाई महŒव दिइएको छ । दुवै पोष्टरमा जयकिशन हास्य अवतारमा छन् । एउटा पोष्टरमा उनी ढकियामाथि बसेर बियर पिउँदै गरेको र उनलाई शुभेच्छाले बोकेको देखाइएको छ । यस्तै अर्को पोष्टरमा जयकिशन तिलहरी युक्त पोते र मंगलशुत्रमा सजिएको देखाइएको छ । 

मखमली मखमलीको कथासँगै गीत पनि निर्माता सावित्रा चिलुवालले नै लेखेका हुन् । फिल्मको कथा आफूले लेखेको र कथा राम्रो भएका कारण फिल्ममा आफैंले निर्माण गरेको पनि सावित्राले बताएकी छन् ।

जयकिशन र शुभेच्छासँगै सारदा गिरी (कालीबुढी), परी तामाङ, मायाँ तामाङ, सावित्रा चिलुवाल, सविन बास्तोलसहितको अभिनय छ । सो फिल्मलाई राजु गिरीले निर्देशन गरेका हुन् । वसन्त सापकोटा, बाबुल गिरी र सावित्रा चिलुवालको संगीत, रामजी लामिछाने र अनिल राईको नृत्य निर्देशन, विनोद बमको सम्पादन र रामेश्वर हुमागाईको छायांकन छ । 


Views: 548