15th August | 2020 | Saturday | 3:48:28 AM

मोटी युवतीहरूबीचको सौन्दर्य प्रतियोगिता

हिमालय टाइम्स   POSTED ON : कार्तिक ६, २०७६ (४:०१ PM)

मोटी युवतीहरूबीचको सौन्दर्य प्रतियोगिता

काठमाडौं । शारीरिक बनावट मोटो भएका युवतीहरूको सौन्दर्य प्रतियोगिता ‘सुपर प्लस साइज मोडल नेपाल’को तेस्रो सिजन राजधानीमा आयोजना हु“दैछ । मोडल संघ नेपालले ओमानियाको प्रस्तुतिमा ‘सुपर प्लस साइज मोडल नेपाल,२०२०’ सिजन–३ आयोजना गर्न लागेको हो ।

प्रतियोगितामा १६ देखि ५५ वर्ष उमेर समूहका विवाहित तथा अविवाहित महिलाले भाग लिन सक्नेछन् । ५५ केजिभन्दा माथिको तौल भई स्पष्ट रूपमा मोटोपना देखिएको हुनुपर्ने प्रावधान तोकिएको छ ।

आयोजक संस्था मोडल संघ नेपालका प्रमुख डेबिल सिंह राजपुतका अनुसार काठमाडौंको नया“बानेश्वरस्थित रोयल एलिनाज रेस्टुरेन्टमा कात्तिक ३० गते हुने अडिसनमार्फत छनोट हुने प्रतिस्पर्धीलाई करिब एक महिना लामो प्रशिक्षण प्रदान गरिनेछ । जसमा प्रतिस्पर्धीलाई नेपालका ख्यातिप्राप्त ट्रेनर, कोरियोग्राफरबाट मोडलिङसम्बन्धी ज्ञान तथा प्रशिक्षण दिइनेछ ।

यसै संस्थाले नेपालमै पहिलोपटक मोटोपना भएका युवाहरूका लागि मिस्टर प्लस साइज नेपाल आयोजना गर्दै आएको छ । इभेन्ट आयोजना गर्नुको उद्देश्य बारे प्रकाश पार्दै ओमानीयाकी प्रबन्ध निर्देशक प्रियंका बोथ्रा भन्छिन् ‘प्लस साइज (मोटोपना)का कारण हिनताबोध भएका युवतीलाई प्रोत्साहन मिल्ने सौन्दर्य र क्षमता भएर पनि सधैं पछि परेका अनि आफ्नो मोटोपनले गर्दा आफूलाई एक्सपोज गर्न डराइरहेका महिलालाई लक्षित गर्दै उनीहरूको क्षमतालाई अभिवृद्धि गरी समाजमा सकारात्मक सन्देश फैलाउने उद्देश्यले यस ‘सुपर प्लस साइज मोडल नेपाल’ प्रतियोगिताको आयोजना गर्न लागिएको हो ।

प्रतियोगिताका विजेताले नेपालको प्रतिनिधिŒव गर्दै अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘वल्र्ड टप प्लस साइज, २०२०’मा सहभागिता जनाउन पाउने पनि उनले जानकारी गराइन् । उत्कृष्ट तीन रनरअपहरूले विभिन्न गिफ्ट हृयाम्परहरूका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका विभिन्न फेशन शो तथा सौन्दर्य प्रतियोगितामा समावेश हुने अवसर प्राप्त गर्ने जानकारी पनि आयोजक संस्थाले दिएको छ ।

प्रतियोगितामा सहभागी हुन इच्छुक प्रतिस्पर्धीको निम्ति अडिशन फाराम वितरण कार्य मोडल संघ नेपालको कार्यालयबाट कात्तिक ५ गतेबाट प्रारम्भ भएको राजपुतले जनाए ।


Views: 392