15th August | 2020 | Saturday | 4:05:51 AM

म किस सिनका लागि बनेको होइनः सलमान

एजेन्सी   POSTED ON : कार्तिक १५, २०७६ (१०:२८ AM)

म किस सिनका लागि बनेको होइनः सलमान

मुम्बई  । बलिउड अभिनेता सलमान खानले अभिनय गरेको चलचित्रमा उनको किस सिन हेर्न पाइँदैन । यदि कुनै निर्देशकले चलचित्रको स्क्रिप्टमा सलमानको किस सिन राखेका छन् भने त्यो चलचित्र कित सिधै रिजेक्ट गर्छन् कित त्यो चलचित्रमा किस सिन नराख्न आग्रह गर्छन् । सलमानले यो विषयमा बेलाबेलामा बोल्दै पनि आएका छन् । 

उनको चलचित्रमा रोमान्स पनि हुन्छ तर, किसिङ सिन हुँदैन । खासमा, सलमानले चलचित्रमा किसिङ सिन नदिने आफैंसँग कसम खाएका छन् । एक अन्तर्वार्तामा उनले आफू किसिङ र न्यूडिटीका लागि नबनेको बताएका छन् । डिएनएलाई दिएको एक अन्तर्वार्तामा उनले भने, ‘अहिले पनि जब किसिङ सिन आउँछ, तब हामी सबैलाई अनौठो महसुस हुन्छ । तपाईं जसरी चाहनुहुन्छ यसलाई त्यसरी नै देखाउन सक्नुहुन्छ । तर, म सधैँ आफ्नो ध्यान क्लिन फिल्मतिर राख्नेछु । म सबै साथमा बसेर हेर्न मिल्ने फिल्म गर्नेछु ।’ किसिङ र न्यूडिटीका लागि आफू विल्कुलै नबनेको बताउँदै उनले भने, ‘म चाहन्छु कि, हाम्रो ब्यानरमा यस्तो फिल्म बनोस्, जसमा एक्सन, रोमान्स होस् र सबै साथमा बसेर हेर्न सकून् । म यो चिज सधैं बनाएर राख्न चाहन्छु । यदि कुनै फिल्म ‘ए’ रेटेड भए पनि त्यो एक्सनको कारण हुनेछ ।’ 

उनले आफूले आफूलाई औसत अभिनेता भनेका छन् । उनी भन्छन्, ‘शाहरुख खान र आमिर खान लेजेन्ड हुन् । दुईको एक र दुई फिल्म नराम्रो हुनसक्छ तर, उनीहरू सधैं शानदार कमब्याक गर्दछन् । तर, म औसत ट्यालेन्ट भएको कलाकार हुँ । म लकको कारण सर्भाइव गरिरहेको छु ।’


Views: 94