7th August | 2020 | Friday | 8:59:14 PM

राजेशदेखि प्रकाशसम्म सातै प्रदेश जाँदै

हिमालय टाइम्स   POSTED ON : कार्तिक १९, २०७६ (१०:२३ AM)

राजेशदेखि प्रकाशसम्म सातै प्रदेश जाँदै

काठमाडौं । गत वर्ष आयोजना भएको ‘सप्तरंग’ इभेष्टको सफलतापछि दोस्रो शृंखला ‘सप्तरंग २’ हुने भएको छ । सातै प्रदेशमा आयोजना हुने यो कार्यक्रममा राष्ट्रियस्तरका सात कलाकारको उपस्थिति रहने आयोजक गृष्मा ब्रोर्डकास्टिङले सोमबार राजधानीमा आयोजित कार्यक्रममा जानकारी गरायो ।

यसपटक दोस्रो शृंखलाका लागि अभिनेता राजेश हमाल, गायक सुगम पोखरेल, हास्य कलाकार जीतु नेपाल, गायिका मेलिना राई, हिमाल सागर, प्रकाश सपुत र रविओड रहेका छन् । यी कलाकारले सातै प्रदेशमा पर्यटन प्रवद्र्धन र सम्मुनतिका लागि आफ्नो प्रस्तुति प्रस्तुत गर्ने आयोजित कार्यक्रममा जानकारी गराइयो ।

यसपटक नेपाल सरकारको अभियान भिजिट नेपाल २०२० लाई कार्यक्रमले टेवा पु¥याउने आयोजक संस्थाका अध्यक्ष गृहेन्द्र घिमिरेले बताए । ‘राष्ट्रियताको कुनै मूल्य हुँदैन भन्ने’ सोचका साथ कार्यक्रमलाई निःशुल्क गरिएको उनले बताए । पहिलो शृंखलामा सद्भाव र ऐक्यबद्धतालाई केन्द्रमा राखेको आयोजकले दोस्रो सिजनको कार्यक्रमलाई पर्यटन प्रवद्र्धन र समुन्नति केन्द्रित गरेको छ । 

कार्यक्रममा अभिनेता राजेश हमालले कलाकार प्रायः अप्रत्यक्ष रूपमा कलाकारसँग जोडिइरहने हुँदा कार्यक्रमले प्रत्यक्ष रूपमा कलाकारसँग जोडिने अवसर दिलाएकोमा खुशी व्यक्त गरे । उनी भन्छन्, ‘यो कार्यक्रमले हामीलाई एकआपसमा जोड्नेमात्र होइन, हामी भएको विविधतालाई सम्मान गर्ने र हामीलाई मजबुत बनाउने काम गर्छ । यसैले गर्दा म उत्साहित छु दर्शकलाई प्रत्यक्ष रूपमा भेट्नलाई । आश छ हामीसँग हाम्रो अभियानमा दर्शक अवश्य जोडिनु हुनेछ ।’

कार्यक्रमले संगीत र मनोरञ्जनका साथ स्थानीयकला संस्कृतिलाई उजागर गर्ने लक्ष्य राखिएको कार्यक्रम कात्तिक २० गते विर्तामोडबाट सुरु हुनेछ । विर्तामोड हुँदै २२ गते वीरगञ्ज, २४ चितवन, २६ नेपालगञ्ज, २८ सुर्खेत, ३० महेन्द्रनगर र ४ गते पोखरामा पुगेर सकिनेछ ।


Views: 113