काठमाडौं (हिटा) । सम्तेन भुटियाको निर्देशनमा बन्ने चलचित्र ‘धुपौरे’मा नायक अनमोल केसी मुख्य भूमिकामा रहने भनिएको थियो । चलचित्रका लागि महँगो पारिश्रमिक लिएर काम गर्न लागेका अनमोलको चर्चा निकै थियो । तर, अहिले अनमोलले यो चलचित्रका लागि काम नगर्ने बुझिएको छ ।
चलचित्रको लागि अनमोलले आफ्नो तौल पनि बढाइरहेका थिए । होम प्रोडक्सनको चलचित्रलाई पछाडि सारेर अनमोल यस चलचित्रको तयारीमा जुटेका थिए । आधिकारिकरूपमा अनमोलले चलचित्रको विषयमा नबोलेता पनि श्रोताका आधारमा चलचित्रको विषयवस्तु र स्क्रिप्टमा आएको परिवर्तन र सुटिङको लागि गरिएको हतारोले अनमोलले हात झिकेका हुन् ।
Views: 103