7th August | 2020 | Friday | 8:33:51 PM

जोशी र घिमिरेलाई सम्मान

हिमालय टाइम्स   POSTED ON : कार्तिक २७, २०७६ (१०:०४ AM)

जोशी र घिमिरेलाई सम्मान

काठमाडौं । बाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी र राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई सम्मान गरिएको छ । जोशीलाई ‘जन्मसताब्दी अभिनन्दन २०७६’ र घिमिरेलाई ‘शतवार्षीकी अभिनन्दन २०७६’ शीर्षकमा सम्मान गरिएको हो ।

विश्वकीर्तिमानी गीतकार डा. डिआर उपाध्यायका सात एल्बम एकसाथ सार्वजनिक गरिएको कार्यक्रममा जोशी र घिमिरेलाई नगद ५१ हजार र ताम्रपत्रसहित सम्मान गरियो । कार्यक्रममा जोशी उपस्थित थिए भने राष्ट्रकवि घिमिरे अवस्थताका कारण उपस्थित हुन सकेनन् । 

सोमबार कमलपोखरीस्थित रूसी सांस्कृतिक केन्द्रमा आयोजित समारोहमा बाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी, वरिष्ठ गायिका ज्ञानु राणा, हास्यसाम्रागी वसुन्धरा भुसाललगायतले सामुहिक रूपमा एल्बमहरू सार्वजनिक गरे । सार्वजनिक भएका एल्बम ‘अन्जान तीर्खा’, ‘सुधारस’, स्वर्गघर, ‘नजरको तीर’, ‘सेभेन्थ कड्स’, ‘सौभाग्यको सिन्दुर’ र ‘अनुभूतिको मझेरीमा’ रहेका छन् । कार्यक्रममा गीतकार डिआरका एक उपन्यास ‘सपनाकी रानी’ र आठ उपन्यासहरूको संगालो एउटै पुस्तकसमेत सार्वजनिक भयो । सोही अवसरमा हास्यसम्रागी वसुन्धरा भुसाल र वरिष्ठ गायिका ज्ञानु राणासमेत सम्मानित भए । कार्यक्रममा शताब्दी पुरुष जोशीले डा. डिआरले नेपाली गीत संगीतलाई विश्वमा चिनाउने महŒवपूर्ण काम गरेको बताए । 

जोशीले डिआरलाई बधाई दिँदै लेखनमा जोश जागर अझै बढेर जाओस् र अन्य धेरै कीर्तिमान कायम होस् भन्ने कामना गरेका थिए । त्यस्तै संगीतकार सन्तोष श्रेष्ठले कार्यक्रम माथि प्रकाश पार्दै डिआरको संगीतिक यात्राको चर्चा गरेका थिए । 

कार्यक्रममा युथ क्रिएशन म्युजिक प्रालिको तर्फबाट डा.डिआर उपाध्यायलाई म्युजिक क्रिएशनका अध्यक्ष रमेश थापा र सल्लाहकार कृष्ण भुसालले दोसल्ला र ताम्रपत्रले सम्मान गरे । ०७५ साल मंसिरमा एकसाथ ७ गीति एल्बम सार्वजनिक गरेर विश्व रेकर्ड राखेका डा. डिआरका यसअघि ‘जखम’, ‘माउण्टेन मेलोडी’, ‘नसालु नजर’, ‘जोहो’, ‘अन्तराप’, ‘प्रतिनाद’, ‘सहेली’, ‘परिष्कृत’, ‘कृति’ र ‘पृथक’ गरी ११ एल्बम सार्वजनिक भएका छन् । 

उनका हालसम्म ‘वज्रघात’, ‘त्यागी’, ‘भाग्यचक्र’, ‘अपवित्र छायाँ’, ‘स्वार्थी’, ‘विटुली’, ‘अतिरिक्त’, ‘दगाबाज’, ‘अधुरो प्रेम’ र ‘सपनाकी रानी’ प्रकाशित कृति हुन् । गीत लेखेर विभिन्न कीर्तिमान कायम गरेका डा. डिआरले सोही कार्यक्रममा आठ वल्र्ड कायम भएका छन् । कार्यक्रममा एभरेष्ट वल्र्ड रेकर्डका फाउण्डर निर्देशक मधुरा श्रेष्ठले उनलाई आठ वल्र्ड रेकर्डको प्रमाणपत्र हस्तान्तरण गरेका थिए । 

उनले कायम गरेको आठ वल्र्ड रेकर्डमा २४ फरक गीत १२ मेजर १२ माइनर स्केलमा एउटै एल्बममा, पाँच फरक संगीतकारले संगीत गरेको एउटै गीत, अधिकांश हिन्दू देविदेवताको नाम राखेर बनाइएको गीत, एउटा एल्बममा सबै गीत सेभेन्थ कड्स, सबैलाई स्वस्थ राखांै भन्ने योगसम्बन्धी गीत, महिला प्रताडनासम्बन्धी गीत जसमा ७१ वर्ष र ५ वर्षकी गायिकाको स्वर, अत्याधिक हिमाललाई समेटेर पर्यटन वर्ष २०२० लाई लक्षित गीत र १६ महिनामाा १८ एल्बम सार्वजनिक रहेका छन् । यसअघि डा. डिआर उपाध्यायले ६ वल्र्ड रकेड राखेका थिए । अहिले उनको जम्मा वल्र्ड रेकर्डको संख्या १४ पुगेको छ । 


Views: 122