7th August | 2020 | Friday | 8:46:53 PM

मिसेस इन्टरनेशनलको उपविजेता नेपाल

  POSTED ON : मंसिर १, २०७६ (६:०५ PM)

मिसेस इन्टरनेशनलको उपविजेता नेपाल

काठमाडौं (हिटा) । विवाहित महिलाबीच सिंगापुरमा सम्पन्न अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिसेस इन्टरनेशनल २०१९ मा नेपालको तर्पmबाट प्रनिधित्व गरेका सहभागी उपविजेता भएका छन् ।

टिकेएस एण्ड सन्स, सिंगापुरद्वारा आर्किड कन्ट्री क्लबमा आयोजित मिसेस इन्टरनेशल २०१९ मा यस वर्ष रिवन इन्टरटेनमेन्टद्वारा केहीअघि राजधानीमा आयोजित मिसेस नेपाल इन्टरनेशनल २०१९की सेकेण्ड रनर्सअप स्नेहा राउत थापाले नेपालको प्रतिनिधिŒव गरेकी थिइन् । 

मिसेस इन्टरनेशनल २०१९की विजेता भाविषा कोइराला चटौतको सवारी दुर्घटनामा परी खुट्टाको मासु च्यातिएकाले यस वर्ष उनी यो अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन नसक्ने भएपछि रिवन इन्टरटेनमेण्टले सेकेण्ड रनर्सअप स्नेहालाई नेपालबाट सहभागी गराएको हो । 

त्यसै गरी रिवन इन्टरटेनमेन्टकै पहलमा दक्ष इन्टरटेनमेण्टद्वारा आयोजित मिसेस व्युटीपूmल नेपाल २०१८की विजेता संगीता न्यौपानेलाई सो प्रतियोगिताअन्तर्गतको एमएस इन्टरनेशनलमा नेपालका तर्पmबाट प्रतिनिधित्व गराइएको थियो । सिंगापुरको सो प्रतियोगितामा स्नेहाले वेष्ट पोर्टफोलियो अचिभमेन्ट, इन्टरनेशलन टरिजम एम्बेस्डर र सुपरमोडलको उपउपाधि चुमेकी छन् । त्यसैगरी संगीताले मिसेस इन्टरनेशनल एलिगेन्स व्युटीको उपउपाधिलाई आप्mनो बनाएकी छन् । 

कोरियोग्राफर अश्विनी झा र मिसेस नेपाल २०१९का इभेन्ट निर्देशक निशु झाको नेतृत्वमा सिंगापुर पुगेका स्नेहा र संगीता दुवैजना हालै काठमाडौं फर्केका छन् । आयोजक निशु झाका अनुसार प्रतियोगिता ९ दिनसम्म चलेको थियो । प्रतियोगिताका क्रममा विभिन्न देशबाट सहभागी विजयीलाई सिंगापुरका साथमा मलेशिया र इण्डोनेसियका विभिन्न पर्यटकीयस्थलको भ्रमणसमेत गराइनेछ । 

प्रतियोगितामा लाटभियाकी ओल्गा एण्डीले मिसेस इन्टरनेशनल २०१९को उपाधि चुमेकी थिइन् भने मलेशियाकी प्रेभिताराजा मिसेस एसिया प्यासिफिक भएकी थिइन् । उनलाई अघिल्लो वर्षकी मिसेस एसिया प्यासफिक इन्टरनेशनल २०१८ विजेता चन्दा थापा गिरीले ताज पहिराई दिएकी थिइन् । चन्दाले मिसेस नेपाल इन्टरनेशनल २०१८ भएवापत् सो प्रतियोगितामा स्पर्धा गर्दै मिसेसे एसिया प्यासफिक इन्टरनेशनल २०१८को उपाधि चुमेकी थिइन् । गिरीले पे्रmण्डली इन्टरनेशन उपाधि पनि चुमेकी थिइन् ।


Views: 472