30th September | 2020 | Wednesday | 3:43:44 PM

हलमा माछा माछा र माया पिरिम

हिमालय टाइम्स   POSTED ON : मंसिर २०, २०७६ (१०:५२ AM)

हलमा माछा माछा र माया पिरिम

काठमाडौं । आजबाट दुई नेपाली चलचित्र ‘माछा माछा’ र ‘माया पिरिम’ प्रदर्शनमा आएका छन् । अन्य दुई विदेशी चलचित्रसँगै यी दुई नेपाली चलचित्रले क्युएफएक्स चेनमा जम्मा २१ शो पाएका छन् । अर्थात् ‘माछा माछा’ले १६ र ‘माया पिरिम’ले ५ शो पाएका छन् । सौगात मल्ल र नम्रता श्रेष्ठको मुख्य अभिनय रहेको ‘माछा माछा’ले ‘माया पिरिम’ले बढी शो पाएको छ तर प्रदर्शन भइसकेपछि दर्शकको संख्या बढ्ने अनुमात देखियोभने शो बढ्ने अनुमान लगाउन सकिन्छ । ‘माछा माछा’मा अभिनेता दयाहाङ राईको पनि लगानी रहेको छ । यो उनले पहिलो पटक निर्माण गरेको चलचित्र हो । 

चलचित्रमा उनको अभिनय भने छैन । दयाहाङले माछा माछाको कथा मन परेकोले लगानी गरेको बताएका छन् । चलचित्रमा ओम चन्द रौनियार र अर्जुन कार्की सहनिर्माताको रूपमा छन् । 

यस्तै सुनिल गुरुङको लेखन तथा निर्देशन रहेको माछा माछामा सौगात मल्ल, नम्रता श्रेष्ठ, विजय बराल, अनोज पाण्डे, मौत्यसे गुरुङ, प्रवीन खतिवडा, सरिता गुरुङ, भोलाराज सापकोटा, पुस्कल गुरुङलगायतको अभिनय छ । बुधबार गरिएको ‘माछा माछा’को प्रिमियर शोमा सकारात्मक प्रतिक्रिया आएको थियो । विशेषगरी प्रिमियरमा चलचित्रको कमेडी पार्टलाई निकै रुचाइएको छ । 

यस्तै ‘माया पिरिम’मा कोशिश क्षेत्री, जयनन्द लामा, कालु राना लगायतको अभिनय छ । केही समयअघि सार्वजनिक यसै चलचित्रको गीतमा नायक सलोन बस्नेत, नायिका अञ्जली अधिकारीको फिचर्ड रहेको थियो । गीतमा लेखु सहयात्रीको शब्द, कोशिश क्षेत्रीको संगीत तथा लेखु सहयात्री र विन्दु परियारको गायन छ ।

चलचित्रका निर्देशक टेक पौरखी राई हुन् भने सविन अधिकारी र प्रवीन थापा निर्माता रहेको चलचित्रको कथा सविन अधिकारीको छ । निर्देशक राईले योभन्दा अघि चलचित्र ‘मट्टी माला’ निर्देशन गरेका थिए । राईले ‘माया पिरिम’बाट ठूलो आशा लिएको बताउँछन् । यस पटक पनि चलचित्रमा कुनै कमी हुन नदिएको उनले खबरलाई बताए । उनले माया पिरिम दर्शकले एकपटक हेर्नै पर्ने चलचित्र बनेको बताउँछन् ।


Views: 214

सम्बन्धित सामग्री:

ओस्करमा नेपाली फिल्मको आहृवान

: आश्विन १३, २०७७ (८:३० AM)