30th September | 2020 | Wednesday | 3:40:10 AM

कलेज एम्बेसडर प्रतियोगीका प्रतिभा

हिमालय टाइम्स   POSTED ON : पुष २२, २०७६ (११:५६ AM)

कलेज एम्बेसडर प्रतियोगीका प्रतिभा

काठमाडौं । ‘द कलेज एम्बेसडर २०१९’ का २० प्रतियोगीले आफूभित्र रहेका विभिन्न प्रतिभा प्रस्तुत गरेका छन् । दरबारमार्गस्थित भेला दि किचेनमा आयोजित ट्यालेण्ट शो कार्यक्रममा कार्यक्रममा प्रतियोगीले नृत्य, गायन, अभिनय, वक्तृत्वकला, चित्रकलालगायत विषयमा आ–आफ्नो प्रतिभा प्रस्तुत गरेका हुन् । 

प्रतियोगिताको यो ११ औं संस्करण हो । यो संस्करणमा ९ केटा र ११ केटी फाइनल स्पर्धामा भिड्दै छन् । उपत्यकाका विभिन्न १५ कलेजका करिब १५० बढी प्रतियोगीले दिएको अडिसनबाट फाइनलका लागि २० प्रतियोगीमात्र छानिएका सफल भएको ग्रीन आर्ट मिडियाका सीइओ प्रवीण लाकौरले बताए ।

ट्यालेण्ट राउण्डको निर्णायकमा वेभ म्यागजिनका निर्देशक सञ्जीव महर्जन, नेपा डान्स एकेडेमीका निर्देशक रीना महर्जन, द कलेज एम्बेसडरको पहिलो विजेता आस्था पौडेल, मिसेज हेरिटेज इण्टरनेशनल सेकेण्ड रनरअप दुर्गा बिसुराल, फेसन डिजाइनर मेहेश उदास, मेकअप आर्टिस् रश्मि श्रेष्ठलगायत थिए ।

कलेजमा अध्ययनरत युवायुवतीको प्रतिभा निखार्दै उनीहरूलाई भविष्य निर्माणमा उचित मार्ग निर्देशन गर्ने उद्देश्यले कार्यक्रम आयोजना हँुदै आएको प्रतियोगिताको कोरियोग्राफी मिसेस युनिभर्स नेपालसमेत रहेकी अनिला श्रेष्ठको रहनेछ । 

प्रतियोगी मोटिभेशन, स्पीकिङ, डान्स, ¥याम्प वाक, पर्सनालाटी डेभलपभेण्टलगायत विभिन्न प्रशिक्षणसहित यही माघ ४ गते बत्तीसपुतलीस्थित मेरिज लड्समा आयोजना हुने अन्तिम स्पर्धामा उत्रिनेछन् । जसमा प्रतियोगीले शीर्षसहित विभिन्न उपाधि र अवसर पुरस्कारका रूपमा प्राप्त गर्नेछन् । 


Views: 1778

सम्बन्धित सामग्री:

ओस्करमा नेपाली फिल्मको आहृवान

: आश्विन १३, २०७७ (८:३० AM)

सफल चलचित्र निर्देशक दिवाकर

: आश्विन १३, २०७७ (८:२८ AM)