1st October | 2020 | Thursday | 1:05:37 AM

अक्षय सबैभन्दा बढी कमाउने अभिनेता

हिमालय टाइम्स   POSTED ON : माघ ६, २०७६ (११:०७ AM)

अक्षय सबैभन्दा बढी कमाउने अभिनेता

मुम्बई । सन् २०१९ मा सर्वाधिक कमाउने बलिउड अभिनेताहरूको सूचि सार्वजनिक गरिएको छ । जसमा पहिलो नम्बरमा बलिउड अभिनेता अक्षय कुमार आएका छन् । गतवर्ष रिलिज भएका चार सिनेमामा चारै सिनेमाले वक्सअफिसमा ब्लकबस्टर व्यापार गरेपछि अक्षय बलिउडका सबैभन्दा धेरै आम्दानी गर्ने अभिनेता बनेका हुन् । योसँगै गतवर्ष उनी हजार करोडबढि कमाइ गर्ने एकमात्र बलिउड अभिनेता बने । सन् २०१९मा रिलिज भएका ‘केशरी’, मिशन मंगल, ‘हाउसपुल ४’ र ‘गुड न्यूज’ गरी चारै सिनेमाले हजार करोड बढीको विश्वव्यापी ग्रस कमाइ गरेपछि सर्वाधिक व्यापारको रेकर्ड उनको नाममा गएको हो । 

उनको पछिल्लो रिलिज ‘गुड न्यूज’ले वक्सअफिसमा १८ दिनमा ३ सय करोड भारुको ग्रस कमाइ ग¥यो । यसैगरी यस वर्षको उनको पहिलो रिलिज ‘केशरी’ले २०७.०९ करोडको विश्वव्यापी कमाइ गरेको थियो भने दोस्रो रिलिज ’हाउसपुल ४’ले २८०.२७ करोड कमायो । यस्तै तेस्रो सिनेमा समिशन मंगल’ले २९०.५९ करोड भारूको ग्रस कमाइ गर्न सफल भयो । यी चारै सिनेमाको कुल कमाइ १०७६.३४ करोड भारु हुन आउँछ । 

यसैगरी यस सूचिको दोस्रो स्थानमा ऋतिक रोशन रहेका छन्। उनका ‘सुपर ३०’ र ‘वार’ सिनेमाले क्रमशः २०८.९३ र ४७४.७९ करोड भारु कमाइ गरे । यी दुवैको संयुक्त कमाइ ६८३.७२ करोड भारु हुन्छ । यस्तै तेस्रो स्थानमा रहेका सलमान खानले दुई सिनेमाबाट ५३८.४५ करोड कमाए । जसमा ‘भारत’ सिनेमाले ३२५.५८ करोड भारु कमाउँदा ‘दबंग ३’ले २१२.८७ करोड कमायो ।


Views: 181

सम्बन्धित सामग्री:

ओस्करमा नेपाली फिल्मको आहृवान

: आश्विन १३, २०७७ (८:३० AM)