29th September | 2020 | Tuesday | 3:30:00 PM

प्रहरीको बोलीले लठ्ठीए माग्ने बुढा

हिमालय टाइम्स   POSTED ON : माघ ९, २०७६ (११:३६ AM)

प्रहरीको बोलीले लठ्ठीए माग्ने बुढा

काठमाडौं । हास्यव्यग्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ ट्राफिक प्रहरीको कारबाहीमा परेका छन् । बुधबार बिहान सिट बेल्ट नलगाई कार चलाएपछि उनलाई ट्राफिक प्रहरीले चिट काटेर कारबाही प्रक्रिया अगाडि बढाएको हो ।

चिट पाएका उनी महानगरीय ट्राफिक प्रहरी महाशाखा बग्गीखाना पुगेका थिए । उनले आफूले गल्ती गरेकै कारण कारबाहीमा परेको प्रतिक्रिया दिए । यातायात व्यवस्था ऐनको प्रावधानअनुसार कलाकार घिमिरेलाई ५ सय रुपैयाँ जरिवाना गरिएको छ । 

चिट काटेका ट्राफिक प्रहरी जवानले आफूसँग मीठो बोली, वचन गर्दै ‘तपाईंले सिट बेल्ट लाउनुभएको रहेनछ कारबाही गर्छु है’, भनेको उनले सञ्चारकर्मीलाई बताए । महाशाखाका पुगेका माग्ने बुढाले ट्राफिक प्रमुख एसएसपी भीमप्रसाद ढकाललाई धन्यवाद दिँदै चिट काट्ने जवानलाई भेट्ने इच्छा जनाएका थिए । 

उनको इच्छाअनुसार चिट काट्ने ट्राफिक प्रहरी जवान सन्तोष चौधरीलाई माग्ने बुढाले भेटेर उनले राम्रो व्यवहार र वचन राम्रो गरेको भन्दै आभार व्यक्त गरे ।  माग्ने बुढाले सबै प्रहरीले सर्वसाधारण र सर्वसाधारणले प्रहरीलाई राम्रो व्यवहार गर्नुपर्ने बताए । पछिल्लो समय गायिका आस्था राउत र महिला प्रहरीबीचको विमानस्थलमा भएको विवादले सामाजिक सञ्जाल तातेको छ ।


Views: 160

सम्बन्धित सामग्री:

ओस्करमा नेपाली फिल्मको आहृवान

: आश्विन १३, २०७७ (८:३० AM)

सफल चलचित्र निर्देशक दिवाकर

: आश्विन १३, २०७७ (८:२८ AM)