30th September | 2020 | Wednesday | 4:01:41 AM

प्रेम गीत ३ लाई अमेरिकाबाट ४५ हजार डलर

हिमालय टाइम्स   POSTED ON : माघ २९, २०७६ (११:१९ AM)

प्रेम गीत ३ लाई अमेरिकाबाट ४५ हजार डलर

काठमाडौं । चलचित्र प्रेम गीत ३ को विदेश राइटस्अन्तर्गत अमेरिका, क्यानडा, मेक्सीको (नर्थ अमेरिका) का लागि ४५ हजार डलरमा अमेरिका क्यानडा राईट्स बिक्री गरिएको छ । यी देशहरूका लागि ग्लोबल नेपाली फिल्म अवार्डका अध्यक्ष एवं विभिन्न चलचित्रमा नायकको रूपमा काम गरिसकेका नवराज श्रेष्ठले राइटस् सोमबार खरिद गरेको निर्माता निर्देशक सन्तोष सेनले जानकारी गराएका छन् । 

अभिनेता प्रदीप खड्का र नवोदित अभिनेत्री क्रिस्टिना गुरुङको महŒवकांक्षी चलचित्र ‘प्रेम गीत–३’ आगामी २८ चैतबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । यो चलचित्रको गीत हात्ती ढुँगामा...’ भिडियो रिलिज यसै साता युट्युब ट्रेन्डिङ एकमा समेत पर्न सफल भयो । फिल्मको माग अहिले बढेको र अब युरोप एवं अष्ट्रेलिया राइट्स पनि बेच्ने निर्देशक सेनले जानकारी गराएका छन् ।

यो चलचित्रको छायांकन राजेश श्रेष्ठले गरेका हुन् । जसमा कल्यान सिंहको संगीत, कविराज गहतराजको नृत्य छ । गीतको सम्पादन बनिश शाह र भूपेन्द्र अधिकारीले गरेका हुन् । चलचित्र छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन गरेका हुन् । चलचित्रका निर्माता सन्तोष सेन हुन् । चलचित्रका सहनिर्माता कुमार सान शाह हुन् ।

यो चलचित्रमा प्रदीप खड्का, क्रिस्टिना गुरुङसँगै शिव श्रेष्ठ, सुनिल थापा, मनिष राउत, सन्तोष सेन, माओत्स गुरुङ, पुष्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिसा खत्री, लक्ष्मी बर्देवा, समृद्धि शाही ठकुरी, क्रिजन गौतम, जीवन बराल, जीवन भट्टराई, राज थापा, सुजल बस्नेतसहितको मुख्य भूमिका छ ।


Views: 251

सम्बन्धित सामग्री:

ओस्करमा नेपाली फिल्मको आहृवान

: आश्विन १३, २०७७ (८:३० AM)

सफल चलचित्र निर्देशक दिवाकर

: आश्विन १३, २०७७ (८:२८ AM)