30th September | 2020 | Wednesday | 6:02:07 AM

चलचित्र पत्रकार संघ चितवनमा रविको नेतृत्व

हिमालय टाइम्स   POSTED ON : फाल्गुन १, २०७६ (१०:०४ AM)

चलचित्र पत्रकार संघ चितवनमा रविको नेतृत्व

चितवन । चलचित्र पत्रकार संघ नेपाल चितवन शाखाको सातौं अधिवेशनले रवि अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ । बुधबार भएको अधिवेशनले नौ सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित गर्नुका साथै दुईजना सदस्य मनोनित गरेको छ । नवगठित कार्यसमितिको उपाध्यक्षमा रामेश्वर रिजाल, सचिवमा आनन्द पोखरेल, कोषाध्यक्षमा रविन सुवेदी, सहसचिवमा सागर ढुंगाना छन् । त्यस्तै, कार्यसमिति सदस्यहरूमा तुलमान गुरुङ, हेमराज रिमाल, गीता गुरुङ र विवेक पोख्रेल निर्वाचित हुनुका साथै सुदन पौडेल र सरु चापागाईंलाई कार्यसमिति सदस्यमा मनोनित गरिएको छ । 

निर्वाचित नयाँ कार्यसमितिको पहिलो बैठकले अध्यक्ष रवि अधिकारी र सुशील पन्तलाई केन्द्रीय प्रतिनिधिको रूपमा छनौट गरेको छ । जिल्ला अधिवेशनका लागि आएका केन्द्रीय प्रतिनिधि चलचित्र पत्रकार संघ नेपालका केन्द्रीय उपाध्यक्ष (संगठन) दिनेश सिटौलाले चलचित्र पत्रकारितालाई मर्यादित बनाउँदै अगाडि बढ्नुपर्नेमा जोड दिए । 

चलचित्र पत्रकारितामा विकृति भित्रिएको उल्लेख गर्दै सिटौलाले पेशाबाट त्यस्ता विकृति हटाउनका लागि सबै एकजुट भएर अगाडि बढ्न सुझाब दिए । गठित नयाँ कार्यसमितिले चाँडै चलचित्र पत्रकारहरूको क्षमता अभिवृद्धिका लागि कार्यक्रम ल्याउने अध्यक्ष रवि अधिकारीले बताए । 

पेशालाई व्यावसायिक र मर्यादित बनाउन चलचित्र पत्रकारहरूका लागि कार्यशाला तथा विभिन्न गोष्ठीको आयोजना गरिने अधिकारीले बताए । संघले गर्ने कामको बारेमा आगामी बैठकबाट निर्णय गरेर अगाडि बढिने अधिकारीको भनाइ छ ।


Views: 160

सम्बन्धित सामग्री:

ओस्करमा नेपाली फिल्मको आहृवान

: आश्विन १३, २०७७ (८:३० AM)

सफल चलचित्र निर्देशक दिवाकर

: आश्विन १३, २०७७ (८:२८ AM)