15th August | 2020 | Saturday | 8:21:18 PM

अभिनेत्री रिश्माले गरिन् बिहे

  POSTED ON : फाल्गुन ४, २०७६ (४:२४ PM)

अभिनेत्री रिश्माले गरिन् बिहे

काठमाडौं (हिटा) । अभिनेत्री रिश्मा गुरुङ (मैयाँ)ले वास्तविक जीवनमा बिहे गरेकी छन् । शुक्रबार पोखरामा प्रेमी सन्दीप गुरुङसँग लगनगाँठो कसेकी हुन् । रामबाबु गुरुङले निर्देशन गरेको सफल चलचित्र ‘कबड्डी’बाट अभिनय यात्रा सुरु गरेकी रिश्माले पहिलो चलचित्रबाटै तारिफ कमाएकी थिइन् । 

पछिल्लो पटक ‘कबड्डी’ को तेस्रो पार्टमा देखिएकी उनले विवाह समारोहमा दुलहा र दुलही पक्षका परिवारको मात्र उपस्थिति थियो । फिल्मकर्मी कोही उपस्थित भएका थिएनन् । 

रिश्माले ‘कबड्डी’को दुई सिरिजमा प्रमुख भूमिका निर्वाहा गरेकी थिइन् । ‘कबड्डी’को तेस्रो सिरिजमा भने उनको सानो भूमिका थियो । उनको ठाउँमा निर्देशक रामबाबु गुरुङले अभिनेत्री उपासना सिंह ठकुरीलाई सोल्टिनीको भूमिकामा प्रस्तुत गरेका थिए ।

‘कबड्डी’ पछि रिश्माले ‘झुम्की’ नामक चलचित्रमा अभिनय गरेकी थिइन् । उनले केही गुरुङ चलचित्रमा पनि अभिनय गरेकी छन् । 

रिश्मा अब चलचित्र नगर्ने निर्णयमा पुगेको बुझिएको छ । चलचित्रबाट टाढिने निर्णय लिनुको कारण खुलाउँदै उनले केही समयअघि एक अन्तर्वार्तामा भनेकी थिइन्, ‘फिल्म क्षेत्र सोचेजस्तो रहेनछ । पहिला हामी स्थापित हुन संघर्ष गर्छौं । तर, एउटा स्थानमा पुगेपछि उनीहरू हाम्रो कलाको दुरुपयोग गर्छन् । त्यसरी सधैं कम्प्रोमाइज गरेर बसिरहनुभन्दा फिल्म नै नगर्नु उत्तम लाग्यो ।’

उनी चलचित्र क्षेत्रमा हुने गरेको शोषणबाट पनि आजित भएकी रहेछिन् । आफू यौन शोषणमा नपरेको भए पनि श्रम शोषणमा परेको उनको भनाइ छ । उनी हालसम्म आफूले गरेका कुनै चलमिचत्रबाट पूरा पारिश्रमिक नपाएको बताउँछिन् । 


Views: 110