15th August | 2020 | Saturday | 7:30:50 PM

फिल्म फेयरमा गल्ली व्वाईको नयाँ रेकर्ड

हिमालय टाइम्स   POSTED ON : फाल्गुन ५, २०७६ (१०:४३ AM)

फिल्म फेयरमा गल्ली व्वाईको नयाँ रेकर्ड

मुम्बई । बलिउडको ‘फिल्म फेयर अवार्ड’को ६५औं शृंखलामा ‘गल्ली व्वाई’ले नयाँ रेकर्ड बनाएको छ । एउटै चलचित्रले १३ विधामा अवार्ड जितेर रेकर्ड बनाएको हो । यो चलचित्रबाट उत्कृष्ट नायकतर्फ रणवीर सिंहले अवार्ड हात परे भने यसै चलचित्रबाट आलिया भट्टले उत्कृष्ट नायिकाको अवार्ड चुमेकी छन् । उत्कृष्ट चलचित्र ठहरिएको ‘गल्ली व्वाई’बाटै निर्देशक जोया अख्तरले पनि अवार्ड जितेकी छन् । यसै चलचित्रबाट सहअभिनेतामा सिद्धार्थ चर्तुवेदी र उत्कृष्ट सहअभिनेत्रीमा अम्रुता सुभाषले अवार्ड हात परे । उत्कृष्ट पटकथा पनि यही चलचित्रबाट रिमा कग्ती र जोया अख्तारको पोल्टामा प¥यो । विजय मौर्याले यही चलचित्रमा संवाद लेखेर अवार्ड हात पारे । उत्कृष्ट म्युजिक एल्बम, उत्कृष्ट गीत, उत्कृष्ट पाश्र्व संगीत, उत्कृष्ट छायांकन, उत्कृष्ट प्रोडक्सन डिजाइन विधामा पनि यही चलचित्र उत्कृष्ट ठहरियो । अवार्ड समारोहमा बलिउडका चर्चित कलाकारको उपस्थिति थियो ।


Views: 103