15th August | 2020 | Saturday | 7:24:03 PM

गायिका डफीलाई बन्धक बनाइएको खुलासा

हिमालय टाइम्स   POSTED ON : फाल्गुन १६, २०७६ (१०:५४ AM)

गायिका डफीलाई बन्धक बनाइएको खुलासा

एजेन्सी । ग्रामी अवार्ड बिजेता गायिका डफीले एक नयाँ रहस्य बनाएकी छन् । आफूलाई एक आक्रमणकारीले बन्धक बनाएर लागूऔषधको नशा दिएको र बलात्कार गरेको खुलासा गरेकी हुन् । वेल्सकी ३५ वर्षे स्टारले आफ्नो आधिकारिक इन्स्टाग्राम अकाउण्टमा आफूलाई निको हुन धेरै समय लागेको बताएकी छिन् । एनले लेखेकी छन्, ‘म अहिले ठीक र सुरक्षित अवस्थामा छु । वास्तविकता यही हो । मलाई केही दिन बन्धक बनाइयो, लागूऔषध दिइयो र बलात्कार गरियो ।’ ‘मैले निकैअघिदेखि यसबारे लेख्ने सोचेकी थिएँ । मैले कतिपटक सोचेँ होला, तपाईंहरूले अनुमानमात्रै गर्न सक्नुहुन्छ,’ उनले इन्स्टाग्राममा लेखिन् । डफीको एल्बम ‘रकफेरि’ ६ देशमा उत्कृष्ट सावित भयो । उनले तीनपटक ब्रिट अवार्ड जितिन्, यसका साथै ग्रामी अवार्ड हात पारिन् ।

‘तर यो कुरा भन्न मैले यो समयलाई नै किन सही ठानँे, त्यसको जवाफ मसँग छैन । यसबारे कुरा गर्दा आफूले आफैंलाई एक प्रकारको तनावबाट मुक्त हुने मैले सोचेकी छु ।’ ‘वास्तविकता यो हो कि म ठीक छु र सुरक्षित पनि । मलाई केही दिन बन्धक बनाइयो । मलाई लागूऔषध दिइयो र बलात्कार गरियो । पक्कै पनि म बाँच्न त बाँचे । निको हुन धेरै नै समय लाग्यो । मैले पछिल्लो एक दशकदेखि हज्जारौं दिनसम्म मनमा प्रकाश ल्याउन चाहिरहेको थिएँ, अब भने सूर्य उदाएको छ ।’


Views: 309