15th July | 2020 | Wednesday | 5:03:59 AM

सेलिब्रेटी आवाजः आतंकित नबनौं र नबनाऔं

हिमालय टाइम्स   POSTED ON : चैत्र १०, २०७६ (१०:४७ AM)

सेलिब्रेटी आवाजः आतंकित नबनौं र नबनाऔं

काठमाडौं । विश्वका १ सय ८९ बढी मुलुकमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को त्रास नेपालमा पनि छ । नेपालमा हालसम्म कसैलाई पनि कोरोना संक्रमण नदेखिए पनि मनभित्रको त्रासले झन्झन् गहिरो रूप लिँदैछ । भीडभाड हुने अधिकांश शहर सुनसान छन् । व्यापार प्रायः ठप्प छ ।

सरकारले अत्यावश्यकभन्दा अन्य बेला बाहिर न निस्किन आग्रह गरेको छ । विभिन्न मनोरञ्जनस्थल वैशाख १८ गतेसम्म बन्द भइसकेका छन् । यस्तै सम्पूर्ण अन्तर्राष्ट्रिय उडान बन्द भएका छन् । यसरी सरकारले कोरानो नेपालमा फैलिन नदिन उच्च सतर्कता अपनाइरहेका बेला कतिपयले सामाजिक सञ्जालमा त्रास फैलाइरहेको देखिएको छ । 

त्यस्ता त्रासलाई हटाउन सही सर्तकता सन्देशको आवश्यक देखिन्छ । जसका लागि कलाकारले महŒवपूर्ण भूमिका खेल्न सक्छन् । अन्यबेला आफूहरूलाई देशको गहना भन्ने कलाकार यतिबेला गुपचुप नै बसेको देखिएको छ । सावधानीका लागि घरमै बसेका कलाकारले सामाजिक सञ्जालबाट मात्रै आफ्नो सिर्जनात्मक सतर्कता सन्देश दिनेहो भने आम मानिसमा सही सन्देश जाने देखिन्छ । तर केही कलाकारलेबाहेक धेरै कलाकार मौन बसिरहेका छन् । 

सेलिब्रेटीका सामाजिक सञ्जालमा हजारौं, लाखौं फ्लोवर्स हुने भएकाले सानो सन्देशले पनि ठूलो भूमिका खेल्न सक्छन् । सेलिब्रेटीहरूले आआफ्नो ठाउँबाट कोरोना संक्रमण फैलिन नदिन के गर्नुपर्ने, संक्रमण भयो भने के गर्ने जस्ता कुराको सन्देश सामाजिक सञ्जालबाटै प्रवाह गर्दा कोरोनाको त्रास कम हुने देखिन्छ । केही चर्चित तथा लोकप्रिय कलाकारले भने कोरोनाको विषयमा सन्देश प्रवाह गर्नु भएको छ ।

लोकप्रिय अभिनेत्री रेखा थापाले कोरोना भाइरसबाट बच्ने उत्तम उपाय सतर्कता भएको भन्दै भिडियो सन्देश दिनु भएको छ । उहाँले धेरै आतंकित नबनौं र अरूलाई पनि आतंकित नबनाउन आग्रह गर्नु भएको छ । ‘सेनिटाइजरले हात धुनुहोला, सेनिटाइजर छैन भने साबुन पानीले हात धुनुहोला’ रेखाले भिडियोमा भन्नु भएको छ, ‘आफू बस्ने ठाउँ सफा राखौं, अरूलाई सचेत बनाउँ, घरबाट निस्किँदा माक्सको प्रयोग गर्नुहोला । यो बेलामा मानिसबाट विभिन्न प्रकारका कुरा सुनिएको हुन्छ । सही कुरालाई पछ्याउनुहोला । नेपाल सरकारको नियमको पालना गर्नुहोला ।’

यस्तै वरिष्ठ अभिनेता सन्तोष पन्तले कोरोना भाइरसविरुद्धको अभियान अघि बढाउनु भएको छ । उहाँको भिडियो सन्देश वैशाख १२ गतेलाई प्रदर्शन मिति तोकिएको ‘हिजो आजका कुरा’ फिल्म टिमले समाजिक सञ्जालमा सार्वजनिक गरेको हो । भिडियोमा अभिनेता पन्तले नेपालमा हालसम्म कोरोनाको महामारी नफैलिए पनि सुरक्षित रहन गर्नुपर्ने विधिबारे जानकारी दिनुभएको छ । 

उहाँले भिडियोमा साबुन पानीले हात धुने, सेनेटाइजर प्रयोग गर्ने, अत्यावश्यक काम नभएसम्म घरबाहिर ननिस्कने, भीडभाडमा नजानेलगायत सावधानी अप्नाउन अपिल गर्नु भएको छ । आफ्नो तर्फबाट रवि लामिछाने, दीपाश्री निरौला र दिनेश डिसीलाई पनि कोरोना भाइरसबाट जोगिन गर्नुपर्ने विधिबारे जनमानसमा सन्देश पु¥याउन आग्रह गर्नु भएको छ । 

‘हिजो आजका कुरा’ का निर्देशक साकार पन्तले आफ्नो फिल्म र फिल्ममा संलग्न कलाकारको माध्यमबाट कोरोना भाइरस बारे सचेतना जगाउन अभियान थालेको बताउनु भयो । पहिलो चरणमा आफ्ना पिताको भिडियो पोष्ट गरेको र क्रमशः अन्य कलाकारको भिडियो सन्देश जनमानसमा पु¥याइने जानकारी दिनुएको छ । 

अर्का अभिनेता दीपकराज गिरीले पनि सामाजिक सञ्जालमार्फत सचेत हुन आग्रह गर्नु भएको छ । कोरोना भाइरसका महामारी नसकुन्जेलको समयसम्म सबैलाई अत्यावश्यकबाहेक घरभित्र रहन आग्रह गर्दै आफू पनि सेल्फ क्वारेन्टाइनमा बस्दै आएको बताउनु भएको छ । ‘कोरोनाले घरपरिवाको महŒव बुझाइदिएको छ । तपार्इं घरबाट निस्किनु भएन भने कोरोना घरमा आउँदैन ।’ उनले कोरोना भाइरसको त्रासले परिवारमा सुखी साट्ने वातावरण बनाइदिएको बताउनु भएको छ । 

दीपकराज गिरीले सामाजिक सञ्जालहरूमा आएका भ्रामक समाचारमा ध्यान नदिन, साथीसँग भेटघाट गर्दा अर्काको बारेमा नकारात्मक कुरा नगर्न अनुरोध गर्नु भएको छ । उहाँ यसबारेमा भनेका छन्, ‘आफूसँग खुशी खोजौं, परिवारमा खुशी साटौं । साथी भाइसँग अर्काको कुरा नकाटौं ।’

अभिनेत्री तथा चलचित्र निर्देशक दीपाश्री निरौलाले २० देखि ३० सेकेण्डसम्म मज्जाले हात धोऔं, घरबाट निस्किँदा र घर फर्केपछि स्यानिटाइजरको प्रयोग गरौं, मास्क लगाऔं, भरसक भीडभाडमा नजाऔं भन्दै भिडियो संदेश दिनु भएको छ । सामाजिक सञ्जालमार्फत उनले दर्शकको खुशी नै आफूहरूको खुशी हो भन्दै सबै जना जोगिने प्रयत्न गरौं भन्ने अनुरोध गर्नु भएको छ । उहाँले ‘नमस्कार’ को संस्कारलाई जोड दिनुभएको छ ।

अभिनेत्री स्वस्तिमा खड्काले बाहिर अझै मानिसको भीड देख्दा अचम्ममा परेको बताउनु भएको छ । भिडियोमार्फत संदेश दिँदै उनले सम्भव भएसम्म घरबाट बाहिर ननिस्कन र निस्किनु नै पर्ने भए पनि मास्क लगाएर निस्किन आग्रह गर्नु भएको छ । उहाँले नियमित हात धुन र स्यानिटाइजर प्रयोग गर्न जोड दिँदै यस्तो समयमा सामाजिक सञ्जालहरूमा गलत समाचार शेयर हुनसक्ने सम्भावना हुने हुनाले सकेसम्म त्यस्ता समाचारलाई बेवास्ता गरौं भन्नु भएको छ । उहाँले भीडभाडमा नजान र एक अर्काको साथ दिन पनि आग्रह गर्नु भएको छ ।

अभिनेत्री अनु शाहले पनि भिडियो सन्देशमार्फत कोरोना भाइरससँग सजग हुन आग्रह गर्नु भएको छ् । शाहले महŒवपूर्ण काम परेमात्र घरबाहिर निस्किन, घरबाहिर निस्किँदा मास्कको प्रयोग गर्न, स्यानिटाइजरको प्रयोग गरिरहन, हात धुन, स्वास्थ्यवर्धक खानेकुरा खान, नआत्तिन र भीडभाडमा नजान आग्रह गर्नु भएको छ ।

संगीतकार तथा गायक अर्जुन पोखरेलले पनि कोरोना भाइरसबाट सुरक्षित रहन घरमै बसौं भन्ने सुझाब दिएनु भएको छ । उहाँले आफूले पनि घरमै काम गर्ने व्यवस्था मिलाउन लागेको जानकारी दिँदै हालको अवस्थामा जीवन बचाउनु नै सबैभन्दा महवपूर्ण कुरा जाकारी दिनु भयो ।

यस्तै अन्य सेलिब्रेटीहरूले सामाजिक सञ्जालमा सजग हुन आग्रह गर्नु भएको छ । आइतबारसम्म कोरोना भाइरसकै कारण विश्वमा १३ हजारभन्दा बढीको ज्यान गइसकेको छ । चीनबाट सुरु भएको यो भाइरसको कारण इटालीमा सबैभन्दा बढीको ज्यान गएको छ ।


Views: 206