12th July | 2020 | Sunday | 11:59:17 PM

‘भुल भुलैया २’ को छायांकन फेरि हुने

हिमालय टाइम्स   POSTED ON : असार १२, २०७७ (९:१४ AM)

‘भुल भुलैया २’ को छायांकन फेरि हुने

मुम्बई । बलिउड चलचित्र ‘भुल भुलैया २’ को छायांकन फेरि सुरु हुँदैछ । लकडाउनका कारण रोकिएको छायांकन यही सेप्टेम्बरबाट पुनः छायांकनमा जाने बताइएको छ । आवश्यक सुरक्षा सावधानी अपनाएर यही सेप्टेम्बरबाट छायांकनमा जान लागेको निर्माण टिमले जानकारी दिएको हो । अब ३५ दिनको छायांकन बाँकी रहेको चलचित्र निर्देशक अनिम बज्मीले बताएको भारतीय सञ्चारमाध्यामले उल्लेख गरेका छन् । 

यो २००७ मा रिलिज भएको अक्षयको हिट चलचित्र ‘भुल भुलैया’को सिक्वेल हो । यो सन् १९९३ मा रिलिज भएको हास्य मनोवैज्ञानिक थ्रिलर ‘मनिचित्रथजु’को हिन्दी रिमेक हो । सिक्वेलमा कार्तिक आर्यन र कियारा आडवाणी मुख्य भूमिकामा रहनु भएको छ ।


Views: 213