13th July | 2020 | Monday | 2:08:58 AM

भिडियोमा प्रदीपको भिन्न रूप

हिमालय टाइम्स   POSTED ON : असार १५, २०७७ (१०:३५ AM)

भिडियोमा प्रदीपको भिन्न रूप

काठमाडौं । नेपाली चलचित्रका युवास्टार प्रदीप खड्का म्युजिक भिडियोमा देखिनुभएको थिएन । चकलेटी नायक प्रदीपले अभिनय गरेका धेरैजसो चलचित्र बक्स अफिसमा सफल भएपछि उहाँको चर्चा चुलियो । अहिले निर्माता तथा निर्देशक उनलाई लिएर चलचित्र बनाउन लाइन नै लागेको पाइन्छ । 

अहिले लकडाउनका कारण चलचित्रका काम ठप्प भइरहेका बेला नायक प्रदीपले एक म्युजिक भिडियोमा काम गर्नुभएको छ । नितिन चन्दको निर्देशनमा तयार भएको ‘जय जय नेपाल’ नामक बोलको गीतमा प्रदीपको गेटअप फरक छ । भिडियोको निर्माणपक्षले प्रदीपको गेटअपसहितको टिजर सार्वजनिक गरेको छ ।

सत्य–स्वरूपराज आचार्य, प्रताप दास र प्रविशा अधिकारीको स्वरमा समावेश यो भिडियोले राष्ट्रियताको भाव बोकेको छ । १ वर्षभन्दा लामो समयदेखि पर्दाबाट हराएका प्रदीपका फ्यानका लागि उनको यो भिडियो विशेष उपहार हुनसक्छ ।

विशेषगरी चलचित्रको पर्दामा काम गर्ने स्टारहरू म्युजिक भिडियोमा देखिएका हुँदैनन् । यसअघि प्रदीप चलचित्रको पर्दामा मात्र काम गरेका थिए भने अब म्युजिक भिडियोमा पनि प्रवेश गरेका छन् तर धेरैको प्रस्ताव यसअघि अस्विकार गर्दै आउनुभएको छ । 


Views: 55