13th August | 2020 | Thursday | 9:09:22 AM

फरक दिने कोसिसमा दुर्गेस

हिमालय टाइम्स   POSTED ON : असार १८, २०७७ (९:४९ AM)

फरक दिने कोसिसमा दुर्गेस

काठमाडौं । सरकारले लकडाउन आहृवान गरेको सय दिन पूरा हुँदा पनि चलचित्र, म्युजिक भिडियोलगायत सुटिङका लागि अनुमति दिएको छैन । यद्यपि कलाकारहरू भने म्युजिक भिडियोको सुटिङ धमाधम गरिरहेका छन् । विशेषगरी आउँदै गरेको तीज पर्वका लागि यतिखेर कलाकार व्यस्त देखिएका छन् ।

डेढदेखि दुई महिनाअघि नै कलाकारलाई तीज लागिरहेको छ । कतिपय तीज गीत सार्वजनिक भइसकेका छन् भने युट्युव ट्रेडिङको शीर्षस्थानमा आएको भन्दै केक पनि काटिसकेका छन् । यसैगरी वर्षमा एकपटक एक गीत भाइरल बनाउन कम्मर कस्ने गायक तथा मोडल दुर्गेस थापाले यस वर्ष फरक स्वादका साथमा तीज गीत सार्वजनिक गर्नुभएको छ । उहाँले एक गीत सुटिङ गरेर पनि भिडियो सार्वजनिक गरिसक्नुभएको हो ।

गीतमा दुर्गेससँगै टीका जैसीको स्वर छ । दुर्गेसले यस वर्षको गीतलाई बिच्च बिच्चमा २ नाम दिनुभएको छ । गतवर्षको बिच्च बिच्चमा बोलको गीतले सर्वाधिक चर्चा पाएपछि उनले यस वर्ष पनि त्यस्तै प्रकारको गीत निकाल्ने जमर्को गर्नुभएको हो । ‘यस वर्षका लागि गत वर्षजस्तो बिच्च बिच्चमा नाच्नुपर्छ भनेको छैन किनकी यो माहामारीको समयमा घरमै बस्ने र तीज मनाउने हो, त्यसैले घरमै रमाइलो गरौं भन्ने खालका शब्द राखेर तयार पारेको छु’, दुर्गेसले भन्नुभयो, ‘भिडियो फरक बनाउने प्रयास गरेका छौं, बाँकी दर्शकको हातमा छ ।’ भिडियोमा दुर्गेससँगै सारिका केसी, चिरञ्जीवी सापकोटा, रेसलर खेलाडी अस्मिता जुरेलीलगायत कलाकारको अभिनय छ । शिव विकको निर्देशन रहेको उक्त भिडियोको छायांकन अर्जुन तिवारीले गर्नुभएको हो । 


Views: 112