13th August | 2020 | Thursday | 8:47:50 AM

प्रतिक्षामा ‘प्रभास २०’

एजेन्सी   POSTED ON : असार २५, २०७७ (९:५४ AM)

प्रतिक्षामा ‘प्रभास २०’

मुम्बई । ‘बाहुबली’ अभिनेता प्रभासले अभिनय गरेको नयाँ चलचित्र ‘प्रभास २०’ को प्रतिक्षामा थुप्रै दर्शक रहेको बुझिएको छ । फरक शैलीमा बनेको भनिएाके यो चलचित्रमा प्रभास कस्तो भूमिकामा रहनु हुने भन्ने दर्शकमा थाहा नभएकाले थप कौतुहोल्ता थपिएको छ । 

यसैबीच प्रभासले आफ्नो चलचित्र ‘प्रभास २०’ को फस्र्ट लुक्स सार्वजनिक गरिने मिति सार्वजनिक गर्नु भएको छ । उहाँले जुलाई १० मा चलचित्रको पहिलो पोष्टर सार्वजनिक गर्ने आफ्नो इन्स्टाग्राम मार्फत् जानकारी दिनुभएको हो । उहाँले फूलहरूले सजिएको भित्ते घडी शेयर गर्दै फर्स्ट लुक पोस्टर जुलाई १० मा ठीक बिहानको १० बजे सार्वजनिक हुने जानकारी दिनुभएको छ । कोरोना महामारीका कारण स्थगित भएको चलचित्र पुनः छायांकनमा जाने तयारीमा जुटेको छ ।

राधा कृष्ण कुमारको निर्देशनमा बन्न लागेको यस चलचित्र हिन्दी, तमिल र तेलुगु गरी ३ भाषामा निर्माण हुँदैछ । प्रभासका साथै चलचित्रमा पूजा हेगडे, भाग्यश्री, मुरली शर्मा, सचिन खेडेकरलगायत कलकारको अभिनय रहनेछ । चलचित्र एक प्रेमकथामा आधारित रहेको बुझिएको छ । 


Views: 102