10th August | 2020 | Monday | 4:59:32 PM

रणवीर–कैटरिना एउटै फिल्ममा !

हिमालय टाइम्स   POSTED ON : असार २५, २०७७ (९:५७ AM)

रणवीर–कैटरिना एउटै फिल्ममा !

मुम्बई । बलिउडका दुई लोकप्रिय कलाकार अभिनेता रणवीर सिंह र अभिनेत्री कैटरिना कैफ एकसाथ एउटै फिल्ममा का मगर्ने सम्भावना देखिएको छ । 

यी दुई कलाकारले हालसम्म सँगै स्क्रिन शेयर गर्नु भएको छैन । तर मिडियासामु भने यी दुवैले धेरैपटक सँगै काम गर्ने इच्छा व्यक्त गर्नु भएको छ । भारतीय मिडिया पिंकभिल्लाको रिपोर्टका अनुसार निर्देशक जोया अख्तरले आफ्नो नयाँ चलचित्रमा यी दुईलाई अनस्क्रिन जोडी बनाउन लागेका हुन् । ‘गली बोय’ निर्देशन गरेका जोया चर्चित हलिउड चलचित्र ‘द डिपार्टेड’को हिन्दी रिमेक बनाउँदै हुनुहुन्छ । जोयाले यसका लागि अधिकार पनि लिइसकेको बताइएको छ । हिन्दी रिमेक भए पनि यसको प्लटमा केही परिवर्तन हुनेछ । 

सन् २००६ मा रिलिज भएको यस चलचित्रले ओस्कर अवार्ड प्राप्त गरिसकेको छ । खबरका अनुसार रणवीरले चलचित्रमा अभिनेता लियोनार्डो डि क्याप्रियोले निभाएको भूमिका निभाउँदै आउनु भएको छ भने अभिनेत्री क्याट्रिनाको भूमिका पनि एक्सन र एडभेन्चरले भरिपूर्ण हुनेछ । यद्यपि जोयाले भने यस विषयमा कुनै आधिकारीक जानकारी दिइसक्नु भएको छैन ।


Views: 134

सम्बन्धित सामग्री:

नताशालाई कोरोना संक्रमण

एजेन्सी : श्रावण २६, २०७७ (१२:४८ AM)